पोर्नहबमा भिडियो अपलाेड भएपनि कुनै असर परेको छैन : प्रियंका कार्की

मनोज न्यौपाने | २०७५ असोज ८ सोमबार | Monday, September 24, 2018 ०९:३२:१३ मा प्रकाशित

काठमाडौं–फिल्म ‘कथा काठमाडौं’को प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मकी मुख्य अभिनेत्री प्रियंका कार्की सञ्चार माध्यममा खुल्न थालेकी छन्।

_x000D_ _x000D_

संगीता श्रेष्ठको निर्देशनमा निर्माण भएको फिल्ममा अभिनेत्री प्रियंका र प्रमोद अग्रहरिका विभिन्न इन्टिमेट दृष्य समावेश गरिएको छ। यी कुरा सार्वजनिक गरिएको फिल्मको गीत र ट्रेलरबाट प्रस्ट हुन्छ।

_x000D_ _x000D_

तर,फिल्मको गीत र ट्रेलर सार्वजनिक पछि प्रियंका सञ्चार माध्यममा आउन चाहिनन्। उनले मिडियामा नआउनुको मुख्य कारण भने आफ्नै योजना रहेको बताइन्। उनले आइतबार सञ्चारकर्मीसँगको भेटमा भनिन्, ‘हाम्रो पूर्व योजना नै थियो, हामी तुरुन्तै नबोलौँ। किनकी तुरुन्तै त्यसमा प्रतिक्रिया दिने हो भने बलिरहेको आगोमा घ्यु थप्नु मात्र हो। व्यक्तिगत रुपमा आउने विभिन्न प्रतिक्रियाको खण्डन गर्न गाह्रो हुने हुनाले हामी उचित समयको पर्खाइमा थियौं।’ उनले वास्तविकता खोलिन्। 

_x000D_ _x000D_

गीतमा आफूले गरेको अभिनय बजारमा नपच्ने भन्ने आशंका पहिल्यै रहेको बताइन्। ‘नेपाली फिल्म बजारमा हाम्रो प्रस्तुती नौलो छ। त्यसैले यो शीर्षक बजारमा नपच्ला भन्ने लागेको थियो। भयो पनि त्यस्तै। उनले भनिन्,‘ यसले गर्दा हाम्रो समाजको मनोविज्ञानलाई बुझेर मानसिक रुपमा नै यसको समाना गर्न भने म तयार थिएँ।’ 

_x000D_ _x000D_

प्रमोदसँगको अभिनयले आफूलाई प्रभाव नभएको प्रियंकाको आसय थियो। ‘कथा काठमाडौं’मा प्रिकंकाले गरेको अभिनयको चौतर्फी चर्चा चलिरहेका छ। शुभचिन्तक र नेपाली दर्शकले उनी माथि अनेक प्रश्न गरे। ‘भइरहेको छवि बिगारेको’ भन्दै कतिपयले चिन्ता मिश्रित गुनासो समेत प्रकट गरे। कतिले मुखै खोलेर जथाभावी गाली पनि गरे। यी सबै विषयमाथि खुसी व्यक्त गरिन्, ‘यो सब मैले पाएको माया हो, मलाई अभिनय क्षेत्रले दिलाएको सफलता हो।’

_x000D_ _x000D_

तर दर्शकको जिज्ञासा र प्रतिक्रिया जे जस्तो आए पनि गीत र ट्रेलरमा देखेजस्तो फिल्म उछृङखल नरहेको दाबी गरिन्। 

_x000D_ _x000D_

असोज १२ गते प्रदर्शन हुने फिल्मले नै सबै स्पष्ट पार्ने उनले बताइन्।हिंसामा परेकी महिलाको विषय नै फिल्मको प्रमुख कथा भएको प्रिकंकाले प्रष्ट पारिन्। 

_x000D_ _x000D_

फिल्मको सार्वजनिक गीत र ट्रेलरमा देखाइएका दृष्य पारिवारिक रुपम सँगै बसेर हेर्न उति सहज छैनन्। किनकी नेपाली समाजले यसलाई सजिलै पचाउन सक्दैन। यही दृष्यलाई आधार मानेर केही दिन अघि चलचित्र विकास बोर्डले समेत सार्वजनिक ट्रेलर युट्युबबाट तत्काल हटाउन पत्रसमेत काट्यो।

_x000D_ _x000D_

तर, यी सबै घटनाक्रम पछि फिल्मले सेन्सर पास गरायो। फिल्मलाई सेन्सर बोर्डले  पिजि सर्टिफिकेट पनि थमायो। त्यसपछि भने फिल्म युनिट ढुक्कका साथ फिल्मको प्रमोसनमा जुटेको छ। 

_x000D_ _x000D_

केही महिनाअघि फिल्ममा समावेश ‘रातका कुरा’ बोलको गीत सार्वजनिक भयो। जहाँ प्रियंका र प्रमोदका केही उत्तेजक दृष्यहरु समावेश थिए। यही उत्तेजक दृष्यको एक भिडियो एक अश्लील साइटमा अपलोड गरियो। यस विषयले थुर्पै सञ्चार माध्यममा राम्रो स्थान समेत पायो।

_x000D_ _x000D_

तर, फिल्म युनिट भने मौन थियो। तर, आइतबार पत्रकारहरुको जिज्ञासामा सिंगो फिल्म युनिटले यसलाई प्रस्ट्याउने प्रयास गरियो। निर्देशक संगीता श्रेष्ठले भनिन् ‘हामीले काुननत् प्रतिलिपी अधिकार कार्यालयमा उजुरी दियौँ। तर, नेपालमा यस प्रकारको केश अन्य भएको भन्दै अहिलेसम्म केही सुनुवाई हुन सकेको छैन। यो विषयलाई लिएर हामी फलोअपमा छौं।’

_x000D_ _x000D_

नेपाली फिल्म क्षेत्रमा अभिनय र स्टारडम दुवै हिसाबमा राम्रो छवि बनाएकी अभिनेत्रीको अभिनय अश्लीलसाइटमा जानु राम्रो मानिएन। अझ आफन्त, फ्यान फलोवर्सले उनलाई कुन रुपमा मूल्यांकन गरिरहेका छन्, यो आम मानिसका लागि चासोको विषय हो। 

_x000D_ _x000D_

यही विषयलाई आधार मानेर अश्लीलसाइटमा ‘तपाईको भिडियो अपलोड हुनुले आफ्नो व्यक्तिगत जीवनमा कतिको असर पारेको छ?’ भन्ने प्रश्नमा प्रियंकाको जवाफ थियो, ‘पारिवारिक हिसाबमा मलाई केही असरनै छैन, अझ आयुषमानको हिसाबमा हामीबीच राम्रो बुझाइ छ। किनकी फिल्मको अभिनय मेरो नभएर कथा भित्रको पात्रको हो। मैले फिल्मको अभिनय पछिको असरका कारण र दर्शक प्रतिक्रियाको आधारामा आयुषमानसँग इन्गेजमेन्ट गरेको पनि होइन। त्यकारण मलाई यो विषयले कुनै प्रभाव पारेको छैन।’ उनले हाँस्दै प्रतिप्रश्न गरिन् ‘मेरो अनुहारमा हेर्दा जीवनमा कुनै प्रभाव परेको जस्तो देख्नु हुन्छ र?’