काठमाडौं– वैदेशिक रोजगारीका लागि पोल्यान्ड जाने कामदारसँग म्यानपावर व्यवसायीले मनपरी रकम असुल्ने गरेका छन्। म्यानपावर कम्पनीले संस्थागत नभई व्यक्तिगत श्रमस्वीकृति दिई कामदारसँग धेरै रकम उठाउँदै आएका छन्।
_x000D__x000D_
सरकारले पोल्यान्डका लागि संस्थागत श्रमस्वीकृति जारी गर्दैन। रोजगारीका लागि पोल्यान्ड जाने कामदार प्रायः व्यक्तिगत श्रमस्वीकृतिमा म्यानपावरले पठाउँदैआएका छन्।
_x000D__x000D_
रोजगारीका लागि पोल्यान्ड जाने कामदारका हकमा सरकारले हालसम्म कुनै मापदण्ड बनाएको छैन। जसको फाइदा म्यानपावर व्यवसायीले उठाइरहेका छन्। सरकारले पोल्यान्ड जाने कामदारको सेवाशुल्क नतोक्दा त्यसको फाइदा व्यवसायीलाई भइरहेको छ।
_x000D__x000D_
चार महिनाअघि कतारबाट फर्किएर आएका इलामका मनोज लिम्बुले पोल्यान्ड जानका लागि अलसालम ओभरसिज प्रालिमा राहदानी र ५० हजार बुझाए। चार महिनापछि उनको भिसा पनि आयो । तर, अहिले म्यानपावरले पोल्यान्ड जान ९ लाख लाग्ने बताउन थालेको छ। उनले भने, ‘राहदानी पेस गर्दा ३ देखि ५ लाखमात्र लाग्छ भनेको थियो। तर भिसा आएपछि ९ लाख मागिरहेको छ। अब गएन भने ५० हजार फिर्ता हुँदैन भनेको छ।’
_x000D__x000D_
पोल्यान्डमा मासु प्याकिङको काममा मासिक ६० हजारसम्म कमाइ हुन्छ भनेर आस देखाएको लिम्बु बताँउछन्।
_x000D__x000D_
त्यस्तै, राजधानीमा लिम्बुसँगै भेटिएका भोजपुरका रामबहादुर कार्कीले पनि ८ लाखभन्दा बढी रकम म्यानपावरलाई तिरेर पोल्यान्ड जान लागेको बताए।
_x000D__x000D_
यस्तै दि हिमालयन एचआर प्रालिबाट रोजगारीका लागि पोल्यान्ड जाने तयारीमा रहेका धरानका विवेक राईलाई म्यानपावरले ८ लाख लाग्छ भनेको छ। म्यानपावर कम्पनीहरूले लिम्बु, राई र कार्की जस्तै धेरै कामदारलाई पोल्यान्ड पठाउने नाममा ठूलो रकम असुल्दै आएका छन्। यो विषयमा सरकारी निकाय भने मौन बसेको देखिन्छ।
_x000D__x000D_
म्यानपावर व्यवसायीले पोल्यान्ड जाने कामदारसँग धेरै रकम लिए पनि भरपाई भने कम रकम लिएको दिने गरेको कामदार बताउँछन्। मलेसिया र खाडीका देशमा राम्रै काम छोडेर रोजगारीका लागि पोल्यान्ड जाने नेपाली कामदारको संख्या बढ्दै गएको विभागको तथ्यांकले देखाएको छ।
_x000D__x000D_
_x000D_म्यानपावर व्यवसायीले पोल्यान्ड जाने कामदारसँग धेरै रकम लिए पनि भरपाई भने कम रकम लिएको दिने गरेको कामदार बताउँछन्।
_x000D_
_x000D__x000D_
विगत दुई वर्षदेखि रोजगारीमा पोल्यान्ड पठाउने भन्दै म्यानपावरले युवा ठग्ने क्रम बढ्दो छ। पोल्यान्डको रोजगारीका नाममा म्यानपावरमार्फत ठगिएका मासिक सरदर १० जना पीडित विभाग धाउने गरेको विभागले जानकारी दिएको छ।
_x000D__x000D_
म्यानपावरका नाममा डिमान्ड ल्याएर व्यक्तिगत श्रमस्वीकृति गराई ठूलो रकम असुले पनि सम्बन्धित निकायले खासै चासो देखाएको छैन।
_x000D__x000D_
यसरी आँउछ डिमान्ड
_x000D__x000D_
पोल्यान्डबाट कामदारको डिमान्ड म्यानपावर कम्पनीले नै ल्याउने गरेका छन्। प्रायः पोल्यान्डको रोजगार आपूर्ति केन्द्रसँग सम्पर्क गरेर म्यानपावर व्यवसायीले डिमान्ड ल्याउने गरेको व्यवसायीहरु नै बताउँछन्। पोल्यान्डमा कार्यरत कामदारले पनि रोजगारदाता कम्पनीसँग मिलेर डिमाण्ड निकाल्ने गरेको व्यवसायीले बताएका छन्। डिमान्ड ल्याएपछि म्यानपावरले व्यक्तिगत श्रमस्वीकृति निकाल्ने गरेको पाइन्छ।
_x000D__x000D_
श्रम स्वीकृति सरकारबाट लिँदा न्यून लागतको प्रमाण पेस गरी श्रम अनुमति लिने र अनुमतिपछि कामदारसँग ५ देखि ९ लाखसम्म लिने गरेको पाइएको छ। वैदेशिक रोजगार विभागमा पोल्यान्ड पठाउने भनेर धेरै व्यक्तिगत ठगीका मुद्दा परे पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको यो विषयमा ध्यान गएको छैन।
_x000D__x000D_
पछिल्लो समय व्यक्तिगत श्रमस्वीकृति र वैधानिकीकरणका माध्यमबाट पोल्यान्ड जानेको संख्या बढ्दो छ। यो विषयमा सरकारले खासै ध्यान दिएको छैन।
_x000D__x000D_
‘सरकार आफैंले श्रमस्वीकृति जारी गर्दैछ भन्ने प्रश्न उठ्न थालेको छ’, पिपुल्स फोरमका सल्लाहकार सोम लुइँटेलले भने, ‘रोजगारीमा पोल्यान्ड जाने कामदार समस्यामा परेको अवस्थामा त्यसको जिम्मा कसले लिन्छ?’ व्यक्तिगत भिसाका सकारात्मक र नकारात्मक दुवै पक्ष हेरेर मात्र श्रमस्वीकृति जारी गर्नुपर्ने उनको भनाइ छ।
_x000D__x000D_
वैदेशिक रोजगार विभागमा गत महिना पोल्यान्ड पठाउने पानीपोखरीको युनिभर्सल इन्टरनेसनल प्रालि र दि हिमालय एचआर प्रालिका नाममा धेरै उजुरी परेपछि अनुगमन गर्दा ठूलो आर्थिक चलखेल भएको तथ्य विभागले फेला परेको थियो।
_x000D__x000D_
पीडितले म्यानपावरका नाममा उजुरी गरे पनि मुद्दा भने व्यक्तिका नाम पर्ने गरेको विभागले जनाएको छ।
_x000D__x000D_
कानुनी झमेलाबाट जोगिन चलाखी
_x000D__x000D_
व्यक्तिगत भिसामा पोल्यान्ड गएका कामदार समस्यामा परेर फर्किए भने कानुनी झमेला नहोस् भनेर म्यानपावरले चलाखी गरेको पाइन्छ। यसरी पठाउँदा भोलि समस्यामा परेका कामदार फर्किंदा कम्पनीका नाममा उजुरी गर्न मिल्दैन। जसका कारण म्यानपावरले व्यक्तिगत भिसामा कामदार पोल्यान्ड पठाउने गरेका छन्।
_x000D__x000D_
संस्थागत रूपमा ठगियो भन्ने कानुनी रूपमा अप्ठयारो पर्ने भएकाले व्यक्तिगत श्रमस्वीकृति लिएर म्यानपावरले कामदार ठग्ने गरेको वैदेशिक रोजगार श्रम कार्यालय काठमाडौंका एक कर्मचारीको भनाइ छ।
_x000D__x000D_
_x000D_मन्त्रालयले पोल्यान्डलाई नयाँ रोजगार गन्तव्य देशका रुपमा लिएको छ। नेपाली युवाका लागि पोल्यान्ड राम्रै श्रम बजार मानिन्छ।
_x000D_
_x000D__x000D_
व्यक्तिगत श्रमस्वीकृति लिँदा पनि सम्बन्धित निकायका कर्मचारी र व्यवसायीबीच आर्थिक चलखेल हुने गरेको छ। खाडी र मलेसिया व्यक्तिगत भिसामा जाँदा कुनै पनि व्यक्तिले १७ सय अमेरिकी डलर र के कामका लागि जाने हो तथा कति समय बस्ने भनेर कारणसहितको प्रमाण अध्यागमनमा पेस गर्नुपर्छ।
_x000D__x000D_
पोल्यान्डमा व्यक्तिगत श्रमस्वीकृति लिएर गइरहेको विषयमा सरकारले पनि अध्ययन गरिरहेको वैदेशिक रोजगार विभागका प्रवक्ता उद्धवप्रसाद रिजाल बताउँछन्। श्रम कार्यालयमा प्रक्रिया पुर्याएर कसैले व्यक्तिगत भिसाका लागि आवेदन दिन्छ भने रोक्न नमिल्ने उनको भनाइ छ।
_x000D__x000D_
सरकारीस्तरमै सम्झौता गरेर पठाउन पहल
_x000D__x000D_
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भने सरकारी स्तरमै श्रम सम्झौता गरेर पोल्यान्ड श्रमिक आपूर्ति गर्ने पहल गरिरहेको बताउँदै आएको छ। यो विषयमा पोल्यान्डसँग चरणवद्ध छलफल भइरहेको मन्त्रालयको भनाइ छ।
_x000D__x000D_
मन्त्रालयले पोल्यान्डलाई नयाँ रोजगार गन्तव्य देशका रुपमा लिएको छ। नेपाली युवाका लागि पोल्यान्ड राम्रै श्रम बजार मानिन्छ।
_x000D__x000D_
पछिल्लो समय सरकारसँग श्रमस्वीकृति लिएर करिब ७ हजार नेपाली रोजगारीका लागि पोल्यान्ड पुगेको विभागको तथ्यांकमा छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।