काठमाडाैं– पाटन उच्च अदालतमा आइतबार साँझ गाेरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसादले ताेडफाेड गरेका छन्। विचौलिया बनेर वारेश मार्फत अदालतमा चलिरहेको मुद्दा हारेपछि तोडफोड गरेका हुन्।
_x000D__x000D_
इजलास अधिकृतलाई समेत आक्रमण गरी कुर्सी, दराज लगायतका सामाग्री तोडफोड गरेपछि नियन्त्रणमा लिइएको छ।
_x000D__x000D_
अचानक आक्रोसमा आएका नूरप्रसादले कम्प्युटर, दराजका झ्यालका सिसा समेत तोडफोड गरी भौतिक क्षति पुर्याएका अदालतका रजिष्टार बाबुराम दाहालले नेपाल लाइभलाई जानकारी दिए।‘नूरप्रसादले गोरखाको माया घतानीको मुद्दा वारेशमा लिएर आएका रहेछन्। मुद्दा हारेपछि आक्रमणको प्रयास गर्दै तोडफोड गरे,’ रजिष्टार दाहालले भने।
_x000D__x000D_
अदालतकाे भौतिक संरचना थप क्षति हुने अवस्था अाइसकेपछि नुरप्रसादलाई प्रहरीले नियन्त्रणमा लिएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।