ललितपुर– सबै नगरबासीलाई खानेपानी पुर्याउने उद्देश्यले गोदावरी नगरपालिकाले पानीका स्रोतमा सम्भाव्यता अध्ययन सुरु गरेको छ।
_x000D__x000D_
पानीका स्रोतको प्रयोग बढाएर नगरबासीले भोग्दै आएको पानीको अभाव कम गर्ने गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताए। यहाँ हिउँदमा पानीको समस्या बढ्ने गरेको छ। चापागाउँ, डुकुछापमा डिप बोरिङ गर्ने योजना रहेको उनले बताए। कोनाखोला र गोदावरीखोलामा अध्ययन भइरहेको छ। उनले भने, ‘विस्तृत योजना प्रतिवेदन तयार भइरहेको छ, त्यसको नतिजाका आधारमा काम हुनेछ।’
_x000D__x000D_
नगरपालिकाले काठमाडौं उपत्यका खानेपानी लिमिटेड सँगको सहकार्यमा पानीको व्यवस्थापन सुरु गरेको हो। त्यसका लागि बजेटसमेत विनियोजन भएको छ। कोनाखोलामा ड्याम निर्माणका लागि सम्भाव्यता अध्ययनका लागि नगरपालिकाले यस वर्ष बजेट छुट्याएको छ।
_x000D__x000D_
नगरपालिकाले नगरबासीको पहिलो नारा ‘घरघरमा पानी सहितको धारा’लाई व्यवहारमा उतार्न लागेको प्रमुख महर्जनले बताए। नगरपालिकाभित्र पानीका साना र ठूला गरेर स्रोतहरु रहेका छन्। उनले भने, ‘तिनैको प्रयोगबाट सबै नगरबासीलाई पानी पुर्याउन सकिन्छ।’
_x000D__x000D_
नगरपालिकाको ठेचो, बाँडेगाउँ, चापागाउँ लगायतका स्थानमा पानीको समस्या बढिरहेको छ। केही वर्षपहिले सम्म यहाँ पानीको समस्या थिएन। बस्ती बाक्लो हुँदै जाँदा नगरबासीले पानीको अभाव भोग्न बाध्य भएका हुन्। स्थानीय निकाय, प्रदेश र संघको निर्वाचनमा सबै उम्मेदवारले पानी सबैलाई उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।