एजेन्सी– खेल सकिन ९ मिनेट बाँकी रहँदा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि जुभेन्टसले इटालियन सिरिएको जारी सिजनमा हालसम्म शतप्रतिशत जित निकाल्न सफल भएको छ।
_x000D__x000D_
फ्रोसिनोनविरुद्धको खेलमा जुभेन्टसले पहिलो गोलका लागि ८० मिनटसम्म पर्खिनुपरेको थियो। ८ यार्ड टाढाबाट रोनाल्डोले गरेको प्रहारले गोलपोष्टको दिशा लिएपछि जुभेन्टसको गोलको खडेरी टरेको थियो।
_x000D__x000D_
अन्तिम समयमा खेल चलिरहँदा फेड्रिको बर्नारडेस्चीले दोस्रो गोल गरेपछि जुभेन्टसले २–० को स्पष्ट जित निकालेको हो। खेलमा ७२ प्रतिशत समय बललाई आफ्नो पक्षमा पारेपनि जुभेन्टसले अन्तिम समयमा मात्रै अग्रता लिएको हो। गोलका लागि ३० पटकसम्म फ्रोसिनोनको पोष्टमा बल प्रहार गरेपनि जुभेन्टसका २ प्रहारले मात्रै जाली चुमेका थिए।
_x000D__x000D_
_x000D__x000D_
उता फ्रोसिनोनले जुभेन्टसको पोष्टमा एउटा प्रहार पनि गर्न सकेको थिएन।
_x000D__x000D_
सिरिएअन्तर्गत गएराति नै भएका अन्य खेलहरुमा नापोली, बोलोग्ना, उडिनिज, लाजिओले आ–आफ्नो खेल जितका छन् भने एसी मिलान र एट्लान्टाबीचको खेल भने २–२ गोलको बराबरीमा सकिएको छ।
_x000D__x000D_
लिगका सुरुवाती सबै ५ खेलमा स्पष्ट जित निकालेको जुभेन्टस १५ अंकका साथ अंक तालिकाको पहिलो स्थानमा छ। १२ अंकसहित नापोली दोस्रो तथा २ अंक कम जोडेको फिओरेन्टिना तेस्रो स्थानमा छ।
_x000D__x000D_
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।