म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक दश दिनपछि सञ्चालनमा आएको छ।
_x000D__x000D_
म्याग्दी र मुस्ताङको सिमाना क्षेत्रमा पर्ने काभ्रे भीरमा पहिरोले बगाएको सडक मर्मत गरेपछि ७६ किलोमिटर दूरीको सडकमा आइतबार साँझदेखि सिधा सवारी सञ्चालन हुन थालेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए।
_x000D__x000D_
राहुघाट, रुप्से, घाँसा, लेते र काभ्रे भीरमा पहिरो तथा नदी कटानका कारण भदौ २७ गतेदेखि सडक अवरुद्ध भएको थियो।
_x000D__x000D_
आयोजना प्रमुख सुवेदीका अनुसार नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थ र आयोजनाका निर्माण कम्पनीका एक्साभेटर परिचालन गरेर पहिरोले सडक बगाएको ठाउँमा नयाँ ट्र्याक निर्माण गरिएको हो।
_x000D__x000D_
सडक सञ्चालनमा आएपछि बेनीदेखि सिधै जोमसोमसम्म सवारी सञ्चालन गर्न सकिने भएको आयोजनाका सुपरभाइजर इन्द्रसिङ शेरचनले बताए।
_x000D__x000D_
सडक अवरुद्ध हुँदा स्थानीयबासी, पर्यटक र तीर्थयात्री समस्यामा परेका थिए। मुस्ताङमा उत्पादन भएको स्याउ ढुवानीमा समस्या भएको थियो। रासस
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।