एजेन्सी– शिखर धवन र रोहित शर्माले किर्तिमानी साझेदारी गरेपछि एसिया कप क्रिकेटको गएराति भएको खेलमा चिरपरिचित प्रतिद्वन्दी पाकिस्तानलाई भारतले ९ विकेटले पराजित गरेको छ।
_x000D__x000D_
भारतलाई जित दिलाउन कप्तान शर्मा र धवनले २ सय १० रनको किर्तिमानी साझेदारी गरेका थिए। प्रारम्भिक ब्याट्सम्यानको रुपमा यी दुवै खेलाडीको यो १३औं शतकीय साझेदारी हो। यसअघि मास्टर ब्लास्टर सचिन तेन्दुलकर र विरेन्द्र सहवागको नाममा रहेको एकदिवशीय क्रिकेटमा १२ पटकसम्म शतकीय साझेदारी गर्ने किर्तिमानलाई धवन र शर्माको जोडीले उछिनेको हो।
_x000D__x000D_
जितका लागि २ सय ३८ रनको लक्ष पाएको भारतले मात्र ६३ बल अगावै जित दर्ता गरेको थियो। भारतका लागि प्लेयर अफ दि म्याच धवनले सर्वाधिक १ सय १४, कप्तान शर्माले आट नभई १ सय ११ तथा अम्बाती रायडुले १२ रनको योगदान दिएका थिए।
_x000D__x000D_
यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ३७ रनको योगफल तयार गरेको थियो। पाकिस्तानका लागि सोयब मलिकले सर्वाधिक ७८, कप्तान सर्फराज अहमदले ४४ तथा फाकर जमानले ३१ रनको योगदान दिए।
_x000D__x000D_
भारतका तर्फबाट जसप्रित बुम्राह, युजवेन्द्र चाहल र कुलदिप यादवले समान २÷२ विकेट हात पारे।
_x000D__x000D_
जितसँगै भारत समूह ‘ए’ को विजेता बन्दै अन्तिम ४ मा प्रवेश गरेको छ। पाकिस्तानले भारतसँगको खेल गुमाएपनि समूह उपविजेता बन्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।
_x000D__x000D_
सेमीफाइनलमा अब भारतले समूह ‘बी’ को दोस्रो स्थानमा रहेको बंगलादेश तथा पाकिस्तानले अफगानिस्तानको सामना गर्नेछ। योसँगै एसिया कपबाट हङकङ र श्रीलंका समूह चरणबाटै बाहिरिएका छन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।