ad

सार्वजनिक सवारीमा यात्रा गर्दै हुनुहुन्छ? कुन ठाउँमा जान कति भाडा लाग्छ (विवरणसहित)

नेपाल लाइभ

Nepal Live

काठमाडौं– सरकार र यातायात व्यवसायीबीच शनिबार भएको सहमतिअनुसार यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडादर तय गरेको छ। व्यवसायी र सरकारबीच शनिबार तत्कालको अवस्थामा १० प्रतिशत भाडा बढाउने र मंसिर मसान्तसम्ममा वैज्ञानिक मापदन्डअनुसार भाडा बृद्धि गर्ने सहमति भएको थियो।

सोहीअनुरुप विगतमा सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरुको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण गर्दैआएको थियो। आइतबार पनि विभागले सोहीअनुरुप भाडा वृद्धि गरेको छ।

यसअघि विभागले भाडादर तय गर्दा पट्रोलको प्रतिलिटर मूल्य ९९ रुपैयाँ र डिजेलको मूल्य ७५ रुपैयाँ रहेको थियो। तर, हाल पेट्रोलको प्रतिलिटर मूल्य  ११४ रुपैयाँ र डिजेलको प्रतिलिटर १०१ रुपैयाँ कायम भएको छ। सोही अनुपातमा भाडा तय गरेको विभागमा प्रवक्ता गोकर्णप्रसाद उपाध्याय बताउँछन्।

विभागले अहिले इन्धनको सूचकलाई मात्र हालको मूल्यको आधार लिई हाल प्रचलनमा रहेको भाडादरमा १० प्रतिशतका दरले वृद्धि गरेको जनाएको छ। नयाँ तय भएको भाडा आइतबारदेखि नै लागू हुने विभागले जनाएको छ।

निर्धारण गरिएकाे नयाँ भाडादर:

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने