धनगढी- शसस्त्र प्रहरी बल कैलाली ३४ नम्बर गण तत्कालीन सीमा सुरक्षा कार्यालय कैलालीले अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउदै गरेको करीव ७२ लाख भारतीय रुपैयाँसहित एकजना नेपालीलाई पक्राउ गरेको छ।
_x000D__x000D_
कैलालीको भजनी नगरपालिका ३ नेपाल-भारत सीमा नजिकै रहेको कुसुमघाटबाट आलुको बोरामा लुकाईछिपाई ल्याउदै गरेको भारतीय रुपैयाँसहित लम्कीचुहा नगरपालिका १ का ३१ वर्षीय कृष्णराज जोशीलाई पक्राउ गरेको हो। उनलाई से. ४ प ६७६० नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय टिकापुरको जिम्मा लगाएको शसस्त्र प्रहरी बल कैलाली ३४ नम्बर गणका प्रमुख शसस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) विष्णु प्रसाद भट्टले जानकारी दिए। उनको साथबाट ७१ लाख ७९ हजार ३ सय भारतीय रुपैयाँ अर्थात् नेपाली रुपैयाँ १ करोड १४ लाख ८ सय ८० रुपैयाँ सहित पक्राउ गरेको हाे।
_x000D__x000D_
उता ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जोशी पक्राउ परेकोबारे पुष्टि गरे।
_x000D__x000D_
भारतीय सहर दिल्लीमा केही दिन अगाडी मात्रै करोडौं रकम चोरी भएको थियो। रकम चोरी भएदेखि नै ती व्यापारीकोमा तीन जना नेपाली फरार रहेका कारण प्रहरीले फेला पारेको रकम तिनै भारतीय व्यापारीको हुन सक्ने श्रोतले बताएको छ। यद्यपी जोशीसंगै फेला पारेको रकम भने त्यति परिणाम नभएको श्रोतले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।