काठमाडौं– बढुवा भएका तीन जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) लाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। प्रहरी प्रधान कार्यालयमा आइजिपी सर्वेन्द्र खनालले बढुवा भएका एआइजीलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।
_x000D__x000D_
मन्त्रिपरिषद्को निर्णयअनुसार बढुवा हुनेमा पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यात छन्। बढुवा भएपछि कार्कीको प्रहरी प्रधान कार्यालय अन्तर्गतको अपराध अनुसन्धान विभाग, राईको प्रशासन तथा मानव स्रोत साधन विभाग र बस्न्यातको प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा पदस्थापन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।