काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन्। सिंह नेपाली कांग्रेस निकट निर्माण व्यवसायी हुन्।
_x000D__x000D_
काठमाडौंमा भएको महासंघको ११अौं अधिवेसनमा सिंहले रामशरण देउजा, यज्ञध्वज कार्की र पुरुषोत्तम मानन्धरलाई हराएका हुन्। कांग्रेस निकट नै रहेका देउवा उनका बागी उम्मेदवार बनेका थिए। उनी निवर्तमान महासचिव पनि हुन्।
_x000D__x000D_
कार्की सत्तारुढ दल नजिकका प्रत्यासी हुन् भने मानन्धर स्वतन्त्र उम्मेदवारका बनेका थिए। वरिष्ठ उपाध्यक्षमा निकोलश पाण्डे निर्वाचित भएका छन्। पाण्डे पनि लोकतान्त्रिक समूहबाट विजयी भएका युवा व्यवसायी हुन्।
_x000D__x000D_
निर्वाचित हुनेमा एसोसिएटतर्फ उपाध्यक्षमा आङदोर्जी लामा चयन भएका छन्। महासचिवमा रोशन दाहाल, नीतिगत उपमहासचिवमा टंकप्रसाद चौलागाई, आन्तरिकतर्फको उपमहासचिवमा नरहरि थपलिया विजयी भएका छन्।
_x000D__x000D_
कोषाध्यक्षमा हिरणकुमार श्रेष्ठ र सह कोषाध्यक्षमा सरस्वती कार्की निर्वाचित भएका छन्। सात प्रदेशबाट उपाध्यक्षमा प्रदेश १ बाट धिरेन्द्र दाहाल, प्रदेश २ बाट सुरेन्द्रप्रसाद सिंह, प्रदेश ३ मा पेम्बा लामा शेर्पा निर्वाचित भएका छन्। यसैगरी गण्डकी प्रदेशमा राजेन्द्र पहाडी, प्रदेश ५ मा टोप बहादुर रायमाझी, कर्णाली प्रदेशमा रत्न बहादुर खड्का र प्रदेश नम्बर ७ मा टेक बहादुर सेटी विजयी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।