काठमाडाैं- नागरिक उड्डयन प्राधिकरण राष्ट्रिय गौरवका आयोजना कार्यालयले दाेस्राे अन्तर्राष्ट्रिय निजगढ विमानस्थल निर्माण गर्नुपर्ने ७ वटा आधार सार्वजनिक गरेको छ।
_x000D__x000D_
आयोजनाको कार्यालयले विमानस्थल निर्माणमा रुख कटान गर्ने विषयलाई लिएर उठेका प्रश्नलाई जवाफ दिँदै विमानस्थल निर्माण गर्नुपर्ने ७ आधार सार्वजनिक गरेकाे हाे। नेपाल नागरिक उड्डयन प्राधिकरणको वेवसाइटमा उक्त अाधार सार्वजनिक गरिएकाे छ।
_x000D__x000D_
विमानस्थल निर्माण गर्नुपर्ने ७ आधार
_x000D__x000D_
१. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अधिकतम बिन्दुमा पुगिसकेकाले यो विमानस्थल निर्माण गर्नुपर्ने।
_x000D__x000D_
२. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन भैरहवा (गौतमबुद्ध) अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थमा केही सीमितता छ। यी विमानस्थल अन्तर्राष्ट्रिय नागरिक संगठन (आइकोओको) मापदण्डअनुसार फुलफेजमा सञ्चालन हुनसक्ने अवस्था नरहेको कारण विमानस्थल निर्माण गर्नुपर्ने।
_x000D__x000D_
३. बारामा बन्ने दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल मात्र आइकाओको 'फोर एफ'वर्गको फुलफेज विमानस्थल निर्माण गर्न सकिने र एसियाको ट्रान्जिट हब विमानस्थलका रुपमा विकास गर्न सकिने।
_x000D__x000D_
४. पर्यटन तथा व्यापारमा विकास र विस्तार गर्न।
_x000D__x000D_
५. लामो दुरीसम्म चल्ने ठूला जहाजबाट विश्वको जुनसुकै कुनासम्म सिधा सम्पर्क हुने गरी हवाई सेवा विस्तार गर्न।
_x000D__x000D_
६. देशको समग्र आर्थिक वृद्धिसँगै बढ्न जाने आयात तथा निर्यातका लागि आवश्यक पर्ने कार्गो परिवहनका लागि समेत सुविधा प्रदान गर्न।
_x000D__x000D_
७. हाल संघीय शासन प्रणाली तथा विकेन्द्रीकरणका दृष्टिकोणले समेत उपयुक्त भएको र सिंगो देशको आर्थिक विकासको आधार समेत बन्ने आयोजनको ठहर छ।
_x000D__x000D_
५५ बिघा जग्गा प्राधिकरणको नाममा
_x000D__x000D_
सरकारले ८० वर्ग किलोमिटर अर्थात् ८ हजार ४५ हेक्टर जग्गामा निर्माण गर्न लागिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा नीजि जग्गा जम्मा १ सय १० बिघा मात्रै छ। आयोजनाको कार्यालयले अहिलेसम्म ५५ बिघा नीजि जग्गा अधिग्रहण गरी नेपाल नागरिक उड्डयन प्राधिकरणका नाममा नामसारी समेत गरिसकेको प्रतिवेदनमा उल्लेख छ।
_x000D__x000D_
दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना क्षेत्रमा कुल ११ हजार ८ सय ७९ दशमलव ७२ बिघा जग्गामध्ये निजी १ सय १० बिघा जग्गा अधिग्रहण गर्न २०७३ चैतमा सूचना प्रकाशन भएको थियो। आयोजनाले जग्गाको मुआब्जा वितरणलाई ३ तहमा वर्गीकरण गरेको थियो।
_x000D__x000D_
मूल सडकले छोएको जग्गा प्रति कठ्ठा ४ लाख ६० हजार, सहायक बाटोले छोएको जग्गा प्रति कठ्ठा ३ लाख ३९ हजार २ सय ५० र बाटोले नछोएको जग्गाको मुअाब्जा प्रति कठ्ठा २ लाख ४१ हजार ५ सय रुपैयाँमा वितरण भइरहेको छ।
_x000D__x000D_
विमानस्थल निर्माण क्षेत्रमा रहेका १ हजार ४ सय ९४ घरपरिवारलाई पनि पुर्नवासको योजनासहित आयोजना अगाडि बढेको रिपोर्टमा उल्लेख छ।
_x000D__x000D_
पहिलो चरणमा हवाई यातायातका लागि आवश्यक संरचना मात्रै
_x000D__x000D_
आयोजनाको कार्यालयले पहिलो चरणमा २५ सय ९३ हेक्टर क्षेत्रफलमा हवाई यातायातका लागि आवश्यक संरचना मात्र निर्माण गर्ने स्पष्ट पारेको छ। तर, कोरियन कम्पनी एलएमडब्लुुले तयार गरेको हवाई सिटीसहितको विस्तृत अध्ययन प्रतिवेदनअनुसार हवाई सिटी निर्माणको काम पहिलो चरणमा नहुने आयोजना कार्यालयको भनाइ छ।
_x000D__x000D_
आयोजना कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा पहिलो चरणमा १ लाख ९४ हजार ४ सय ८० छिप्पिएका सालका रुख र ५ लाख ७५ हजार २ सय ११ पोल साइजका रुख गरी कुल ७ लाख ६९ हजार ६ सय ९१ मात्रै रुख कटानी हुने जानकारी दिएको छ।
_x000D__x000D_
पहिलो चरणमा ३६ सय मिटर लम्बाई तथा ६० मिटर चौडाईको धावनमार्ग, ३ हजार ६ सय मिटर लम्बाई तथा ४५ मिटर चौडाइको ट्याक्सी वे, १९ स्टान्डसहितको प्यासेन्जर एप्रोन तथा २ स्टान्डको काग्रो र २ हजार वर्गमिटरको कन्ट्रोल टावर निर्माण हुने आयोजनाले जनाएको छ।
_x000D__x000D_
विमानस्थलमा ७५ हजार ५ सय वर्गमिटरको अन्तर्राष्ट्रिय टर्मिनल भवन, १५ सय वर्गमिटरको आन्तरिक टर्मिनल भवन र ५ हजार वर्गमिटरको काग्रो भवन निर्माण हुने आयोजनाले उल्लेख गरेको छ।
_x000D__x000D_
यसैगरी १ हजार ५ सय वर्गमिटर क्षेत्रफलमा अग्नि नियन्त्रण तथा उद्धार भवन, १ हजार २ सय वर्गमिटरमा जीएसइ मर्मत केन्द्र, १ सय वर्गमिटरमा मेट्रोलोजिकल सुविधाको संरचना, २ हजार १० वर्गमिटरमा प्रशासनिक भवन र २ हजारभन्दा बढी कार पार्किङस्थल निर्माण हुने आयोजनाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।