काठमाडौं– मलेसियामा गत मंगलबार ७ जना नेपालीसहित २९ जनाको ज्यान जाने गरी भएको विषाक्त मदिरा घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ३ जना नेपालीसहित १० जनालाई पक्राउ गरेको छ।
_x000D__x000D_
पक्राउ पर्नेमा ३ जना नेपाली, ३ जना मलेसियन, ३ जना भारतीय र एकजना म्यानमारका नागरिक रहेको मलेसियन प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा १९ बर्षदेखि ४८ बर्षसम्मका
_x000D_व्यक्ती रहेको प्रहरीको भनाइ छ।
_x000D__x000D_
मलेसियाली स्थानीय सञ्चारमाध्यमका अनुुसार सेलेङ्गार प्रहरीले उक्त घटनापछि १३ ठाउँमा छापा मारी करिब ३ हजार बोतल मदिराको नमुना संकलन गरिएको छ।
_x000D__x000D_
विषाक्त मदिराका कारण हालसम्म २९ जनाको मृत्यु भइसकेको छ भने अझै १९ जनाको अस्पतालमा उपचार भइरहेको छ। १४ जना उपचारपछि फर्किएका छन्।
_x000D__x000D_
हालसम्म घटना ग्राण्ड रोयल, मण्डाले र जोकर ह्वीस्की तथा किंगफिसर र भोल्कानो वियरका कारण सो घटना भएको मलेसियन प्रहरीले बताउँदै आएको छ।
_x000D__x000D_
उक्त मदिराको मलेसियाको स्वास्थ्य विभागले हाल गुणस्तर परिक्षा गरिरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।