विराटनगर– मिलको फित्तामा कपाल बेरिएर शनिबार भोजपुरमा एक महिला गम्भीर घाइते भएकी छिन्।
_x000D__x000D_
ट्याम्के–मयुम गाउँपालिका–४ स्थित मिलको फित्तामा बेरिएर स्थानीय ३६ वर्षिया प्रितन्जली राई घाइते भएकी हुन्।
_x000D__x000D_
आफ्नै घरमा रहेको मिलमा धान कुटाउने क्रममा राईको कपाल मिलको फित्तामा बेरिएको इलाका प्रहरी कार्यालय दिल्पाले जनाएको छ।
_x000D__x000D_
गम्भीर घाइते भएकी राईलाई उपचारको लागि हेलिकोप्टरद्वारा काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।