काठमाडौं– राष्ट्रिय सभाका सांसद राधेश्याम अधिकारीले नेपाली कांग्रसले विगतमा गरेको गल्ती नदोहोर्याउन सरकारलाई सचेत गराएका छन्। राष्ट्रिय सभाको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद अधिकारीले पूर्वप्रधानन्यायाधीशलाई महाअभियोग लगाउँदा कांग्रेसले निर्वाचनमा पराजय भोगेको नजिर राखे।
_x000D__x000D_
उनले भने, ‘गलत कार्यले असल परिणाम ल्याउँदैन।’ उनले महाअभियोग सामान्य अवस्थामा प्रयोग गरिने संवैधानिक व्यवस्था नभएको सत्तापक्षका सांसदहरुलाई जानकारी गराए।
_x000D__x000D_
नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुले वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई महाअभियोग लगाउनका लागि संकलन गरिएको हस्ताक्षर बारेमा सत्य जानकारी दिन अधिकारीले आग्रह गरे।
_x000D__x000D_
महाअभियोगको भय न्यायाधीशमाथि कायम राखेर अदालतमा हस्तक्षेप बढेको बताउँदै सांसद अधिकारीले अदालतले सरकारलाई सहयोग गर्नुपर्छ भन्ने सरकारकै दलका नेताहरुबाट अभिव्यक्ति उल्लेख गरे। उनले सरकारलाई प्रश्न गरे, ‘त्यो भनेको के हो? सरकारका निर्णयलाई थप्पा लगाउँदै जाने भनेको हो?’
_x000D__x000D_
सरकारका निर्णयलाई अदालतले मान्दै जाने हो भने त्यो अदालत नरहने उनको तर्क थियो। सत्ता पक्षका नेताबाट न्यायालयको विरुद्धमा बोली आइरहेको बताउँदै उनले न्यायपालिकालाई धु्रवीकरण गर्न खोजिएको आरोप लगाए । न्यायालय माथिको हस्तक्षेपले संघीयतालाई असर गर्ने उनको भनाइ थियो।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।