विराटनगर– संखुवासभाको सिलिचोङ गाउँपालिका–२ स्थित तेलुम्बाका लभकुवीर राईको घरमा शनिबार आगलागी हुँदा ८ लाख बराबरको क्षति भएको छ।
_x000D__x000D_
चुल्होबाट सल्केको आगोले उनको दुई तले घर, लत्ताकपडा, भाँडा, सुनचाँदीका गहना र नगद २० हजार रुपैयाँ जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
_x000D__x000D_
स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
_x000D__x000D_
यसैगरी, खोटाङको साकेला गाउँपालिका र दिप्रुङ–चुइचुम्मा गाउँपालिकामा भएको आगलागीमा ९ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
_x000D__x000D_
साकेला गाउँपालिका–२ स्थित रतन्छाका बुर्जाबहादुर राईको घरमा चुल्होबाट आगो सल्किँदा घर, लत्ताकपडा, अन्न र नगद १० हजार रुपैँया जलेर नष्ट भई ४ लाख मूल्य बराबरको क्षति भएको छ।
_x000D__x000D_
दिप्रुङ–चुइचुम्मा गाउँपालिका–४ का नैनबहादुर राईको घरमा आगलागी हुँदा ५ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ। उनको २ तले घर र घरभित्रको सम्पुर्ण सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।