काठमाडौं– राष्ट्रकवि माधवप्रसाद घिमिरे आइतबार १ सय वर्ष पुगेका छन्।
_x000D__x000D_
विक्रम संवत् १९७६ साल असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरेको सयौं जन्मोत्सवको अवसरमा आइतबार लैनचौरस्थित निवासमै पुगेर आफन्त, छिमेकी र शुभेच्छुकहरुले सुस्वास्थ्य र दीर्घायूको कामना गरेका छन्।
_x000D__x000D_
राष्ट्रकवि निवासमै पुगी राष्ट्रपति विद्यादेवी भण्डारीलेसमेत उनलाई शुभकामना दिएकी छिन्।
_x000D__x000D_
घिमिरेले निवासमा वैदिक तरिकाबाटै पूजापाठ गरेर आफ्नो शताब्दी जन्मोत्सव मनाएका छन्। यसै अवसरमा आगामी असोज १३ गते राष्ट्रकवि घिमिरेको रथयात्रा पनि गरिँदैछ।
_x000D__x000D_
_x000D__x000D_
गीत, कविता र महाकाव्यको रचनाबाट नेपाल राष्ट्र र नेपाली जनताको मनमनमा बस्न सफल राष्ट्रकवि घिमिरेलाई स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीका कुशल नेपाली साहित्यकार हुनुहुन्छ। बाल्यकालदेखि नै निरन्तर रुपमा नेपाली साहित्यको कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेख, प्रबन्ध जस्ता अनेकौं विधामा निरन्तर कमल चलाएका उनी बहुमुखी प्रतिभाका धनी मानिन्छन्।
_x000D__x000D_
राष्ट्रकवि घिमिरेको गौरी शोककाव्य चर्चित कृति हो। कर्णप्रीय ‘गाउँछ गीत नेपाली’ बोलको गीतका रचनाकार घिमिरेका ‘फूलको थुङगा बहेर गयो’, ‘आजै र राति के देखे सपना’ लगायतका गीत कालजयी छन्।
_x000D__x000D_
राष्ट्रकवि घिमिरे उपकूलपतिको रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानमा पनि लामो समय सक्रिय रहे। सय वर्षको उमेरमा पनि राष्ट्रकवि घिमिरे साहित्य सृजनामा सक्रिय छन्। उनले हाल ‘ऋतम्भरा’ माहाकाव्य लेखिरहेका छन्। (तस्बिर : प्रदीपराज वन्त, रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।