राजविराज– बालकको मृत्यु प्रकरणले ठप्प भएको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालको स्वास्थ्य सेवा सुचारु भएको छ।
_x000D__x000D_
सर्पले टोकेर अस्पताल भर्ना गरिएका सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्र बजार निवासी अशोक साहका डेढ वर्षीय छोरा सिद्धार्थको मृत्युको विषयलाई लिएर उनका आफन्तले तोडफोड र स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गरेपछि शनिबार अस्पतालको सेवा अवरुद्ध गरिएको थियो।
_x000D__x000D_
राजविराज नगरपालिकाका मेयर शम्भु यादव, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, अस्पतालका मेसु डा चुमनलाल दास, सप्तरीका एसपी राजेन्द विष्ट तथा मृतक बालकका आफन्तसहितको शनिबारै सम्पन्न सर्वपक्षीय बैठकले घटनाको छानबिन गरी दोषी देखिएकालाई कारबबाही गर्ने सहमति गरेपछि अस्पतालको सेवा सुचारु भएको मेसु दासले जानकारी दिए।
_x000D__x000D_
राति अबेरगरी सम्पन्न बैठकले राजविराज नगरपालिकाका मेयर यादवको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। समितिमा जिल्ला प्रहरी कार्यालयका १ जना प्रहरी निरिक्षक, अस्पतालका एक जना चिकित्सक, पूर्व सांसद सुर्यनाथ यादव, गैरसरकारी संस्था महासंघका अध्यक्ष शम्भुनन्द चौधरी, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्रकुमार खड्कालाई सदस्य तोकिएको छ।
_x000D__x000D_
सहमतिअनुसार मृतक बालकको शव आजै पोष्टमार्टम गरिने छ। बैठकको निर्णय लगत्तै अस्पतालको कामकाज सुरु भएको मेसु दासले जानकारी दिए।
_x000D__x000D_
बालक सिद्धार्थलाई गत शुक्रबार राति सर्पले टोकेको थियो। सिकिस्त अवस्थामा रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा भर्ना गरिएका बालकको उपचार हुन नसकेपछि सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको थियो।
_x000D__x000D_
चिकित्सकले बालकको मृत्यु भइसकेको घोषणा गरेपनि शनिबार बिहान बिरामीका आफन्तले डाक्टरको लापर्वाहीले बालकको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड गरेका थिए।
_x000D__x000D_
त्यसपछि आफन्तले पोष्टमार्टम कक्षबाट बालकको शव झिकेर सिराहाको मिर्चैया नगरपालिका चोहरबास्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पु¥याएका थिए। त्यहाँ पनि बालकको मृत्यु भएको घोषणा गरिएपछि शव फर्काएर पुनः सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको थियो।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।