दमौली– तनहुँको व्यास नगरपालिका–१४ रुम्सीका स्थानीयबासीले करीब ३ सय वर्ष पुरानो पोखरीको संरक्षण थालेका छन्।
_x000D__x000D_
वन्यजन्तु र चरिचरण गर्ने घरपालुवा चौपायालाई पानीको अभाव हुन थालेको र परापूर्वकालमा निर्माण गरिएको पोखरी संरक्षणको अभावमा जीर्ण हुँदै गएपछि पुराना पोखरीको संरक्षण अभियान सुरु गरिएको हो।
_x000D__x000D_
पुराना पोखरी संरक्षणको लागि रुम्सीबासीलाई हरियो वन कार्यक्रमअन्तर्गत गैरसरकारी संस्था समन्वय समिति तनहुँले केही आर्थिक सहयोग गरेको छ। गैसस समन्वय समितिले रुम्सीको चार पुराना पोखरीको सरसफाइ कार्यक्रमका लागि ४० हजार बजेट उपलब्ध गराएको छ।
_x000D__x000D_
उक्त रकमबाट पुराना पोखरीको सफाइ साथै एउटा नयाँ पोखरी पनि निर्माण गर्ने रुम्सी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष एवं व्यास नगरपालिकाका कार्यपालिका सदस्य नरीमाया रानाले बताए।
_x000D__x000D_
रुम्सीकै शिवशक्ति आमा समूहले पुराना पोखरीको संरक्षणको पहल गरेको समयमा गैसस समन्वय समितिले नै हरियो वन कार्यक्रमअन्तर्गत पुराना पानी पोखरी संरक्षण कार्यक्रम आफ्नो गाउँमा ल्याएपछि आफूहरूलाई निकै सजिलो भएको उनले बताए।
_x000D__x000D_
वर्षाको समयमा पर्ने आकाशे पानीले उक्त पोखरी भरिने र हिउँदको समयभरि वन्यजन्तु र घरपालुवा चौपायालाई पानी उपभोग गर्न पुग्ने सामुदायिक वनका सचिव ज्ञानबहादुर थापाले बताए।
_x000D__x000D_
गैसस समन्वय समिति तनहुँका अध्यक्ष प्रतापसिंह गुरुङले हरियो वन कार्यक्रम अन्तर्गत सेती नदी जलाधार क्षेत्रमा पोखरीको सानो भूपरिधि क्षेत्र निर्माण गर्ने उद्देश्यले पुराना पोखरी सफाइ र नयाँ पोखरीको निर्माण गरिएको बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।