नवलपरासी– नवलपरासीको कावासोती नगरपालिका–८ मा आइतबार बिहान ३ बजेको समयमा विद्युत् सर्ट भई आगलागी हुँदा ५ लाख बराबरको क्षति भएको छ।
_x000D__x000D_
कावासोती–८ निवासी पूर्णचन्द्र लम्सालको टिनले छाएको घरमा आगलागी भएको हो।
_x000D__x000D_
आगलागीबाट अन्नपात, लत्ताकपडा र नगद गरी ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ। आगो दमकल, प्रहरी र स्थानीयको प्रयासमा २ घण्टामा नियन्त्रणमा आएको थियो।
_x000D__x000D_
आगलागीबाट कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।