कावासोती– नवलपरासीको हुप्सेकोट–४ भैसीघाटमा गए राति बलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक घाइते भएका छन्।
_x000D__x000D_
शंखदेवबाट कावासोती हात्तीखोरतर्फ जाँदै गरेको लु१ज २९२७ नं को बलेरो जीप आफैं अनियन्त्रित भई पल्टिँदा बलेरो चालक नवलपरासी बौदीकाली–४ घर हुप्सेकोटका ३५ वर्षीय कृष्ण सुनारीको मृत्यु भएको हो।
_x000D__x000D_
दुर्घटनामा परी घाइते भएका सुनारीको उपचारका क्रममा कालीगण्डकी अस्पताल कावासोतीमा मृत्यु भएको हो। दुर्घटनामा सहचालक मेखबहादुर मर्सा घाइते भएका छन्।
_x000D__x000D_
घाइते मेखबहादुरको भरतपुरमा उपचार भइरहेको छ। बलेरोमा यात्रु नरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए।
_x000D__x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।