एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा हाफ टाइमअघि गरेको ३ गोलको मदतले लिभरपुलले साउथह्याम्पटनलाई पराजित गरेको छ। घरेलु मैदान एन्फिल्डमा गएराति भएको खेलमा लिभरपुलले पहिलो गोल उपहारस्वरुप पाएको थियो।
_x000D__x000D_
खेलको १० मिनेटमा लिभरपुलका जेर्दान साक्विरीको प्रहारलाई सेन लंगले विफल पारिदिए पनि रिवाउन्ड बलले वेस्ली होइडको खुट्टामा लाग्दै गोलपोष्टको दिशा लिएको थियो।
_x000D__x000D_
पहिलो गोल गरेको ११ मिनेटपछि नै जोएल माटिपले सुन्दर गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। ट्रेन्ट एलेक्जेन्डर अर्नोल्डको कर्नरमा जानिक भेस्टरगार्डले गरेको हेडलाई माटिपले गोलपोष्टको दिशा देखाएका थिए।
_x000D__x000D_
_x000D__x000D_
घरेलु मैदानमा आफ्नो रवाफ देखाउँदै लिभरपुलले पहिलो हाफको थपिएको समयमा अर्को गोल थपेको थियो। साक्विरीको फ्रिकिक क्रसबारमा लागेर फर्किएपछि उक्त बललाई सदुपयोग गर्दै स्ट्राइकर मोहमद सलाहले गोल गरेका थिए।
_x000D__x000D_
खेलअवधिभर ६१ प्रतिशत बल आफ्नो पक्षमा पारेको लिभरपुलको पोष्टमा साउथह्याम्पटनले एक मात्र प्रहार गर्न सकेको थियो।
_x000D__x000D_
यो जितसँगै लिभरपुलले लिगका सुरुवाती ७ खेलसम्म पनि आफ्नो अपराजित यात्रा कायमै राखेको छ। पछिल्लो २८ वर्षमा लिभरपुलले कुनै पनि प्रतियोगिताका सुरुवाती ७ खेलसम्म लगातार जित निकालेको यो पहिलो अवसर हो।
_x000D__x000D_
_x000D__x000D_
प्रिमियर लिगअन्तर्गत गएराति नै भएका अन्य खेलहरुमा बर्नलीले बर्नमाउथलाई ४–०, म्यान्चेस्टर सिटीले कार्डिफलाई ५–०, लिसेस्टर मिटीले हडर्सफिल्डलाई ३–१ तथा टोनह्यामले ब्राइटनलाई २–१ ले पराजित गरेको छ। म्यान्चेस्टर युनाइटेड र वुल्भ्स, क्रिस्टर प्यालेस र न्युक्यासल युनाइटेड तथा फुलह्याम र वाटफेर्डले भने बराबरी खेले।
_x000D__x000D_
अंकतालिकामा १८ अंकसहित लिभरपुल पहिलो स्थानमा छ। २ अंक कम रहेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहँदा १५ अंकसहित चेल्सी तेस्रो स्थानमा छ।
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।