१ हजार २ सय वडामा स्वास्थ्यचौकी निर्माण गरिने : स्वास्थ्य राज्यमन्त्री यादव

Nepal Live

चौतारा– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले जिल्लास्थित जनस्वास्थय कार्यालयलाई साविकको अवस्थामा राख्न पहल गर्ने बताएका छन्। 

राज्यमन्त्री डा यादवले शनिबार सिन्धुपाल्चोकको चौतारा अस्पताल हाताभित्र अमेरिकी मेडिकल फाउण्डेशनको दुई प्रि फ्याव भवन उद्घाटनका अवसरमा बोल्दै जनस्वास्थ्य कार्यालय आवश्यक रहेको बताए।

राज्यमन्त्री डा यादवले देशका सबै नगरपालिका र गाउँपालिकाका वडामा स्वास्थ्यचौकी स्थापना गर्ने मन्त्रालयको लक्ष्य रहेको उल्लेख गर्दै २ हजार ३ सय वडामा अझै स्वास्थ्यचौकी नभएकाले यस वर्ष १ हजार २ सय वडामा निर्माण गर्ने लक्ष्य रहेको बताए।

औषधि अभाव हुन नदिन आवश्यक बजेट सबै नगरपालिका र गाउँपालिकामा निकासा पठाइसकेको उल्लेख गर्दै आवश्यक कर्मचारीको व्यवस्था गर्न मन्त्रालय लागिपरेको उनले स्पष्ट पारे।

जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णगोपाल तामाङको सभापतित्वमा भएको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्मया मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक डा मोहम्मद दाउदले आधारभूत स्वास्थ्य पाउने जनताको अधिकार भएको चर्चा गरे।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएपछि सो अस्पताल जस्ताको टहरा र टेण्टबाट सञ्चालन हुँदै आएको थियो। रासस
 

प्राप्त प्रतिकृयाहरू

Rajesh Kumar Yadav
Respected sir Nepali popel is also need eye doctor because i think par Primary health care one optometry vacancy and CHC also need sir. Please think about because many people of nepal goes toblindness . Thank you Rajesh Kumar Yadav

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार