काठमाडौं– प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सरकारका विभिन्न अङ्गलाई समेटेर विकासको मूलधारमा लैजाने पहलकदमी गर्नु सराहनीय कार्य भएको बताएका छन्।
_x000D__x000D_
पश्चिमाञ्चल विकास मञ्चद्वारा शनिबार राजधानीमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले देश विकास तथा आपसी सद्भाव र भातृत्व विकासमा समेत टेवा पुगेको उल्लेख गरे।
_x000D__x000D_
उनले पश्चिमाअञ्चल क्षेत्र ऐतिहासिक धार्मिक, सांस्कृतिक तथा आर्थिक मात्र नभई बौद्धिक क्षमतामा पनि उतिकै अब्बल रहेको भन्दै यो स्रोत र जनशक्तिलाई विकास र समृद्धिसँग जोड्नुपर्ने खाँचो औँल्याए।
_x000D__x000D_
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान कार्यान्वयनको क्रमिक चरणअन्तर्गत मौलिक हकको व्यवहारिक कार्यान्वयनको दिशामा अघि बढेको उल्लेख गरे। मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले संविधानको पूर्णरुपमा कार्यान्वयनका लागि राज्यका हरेक निकायको सक्रिय भूमिका आवश्यक हुने बताए।
_x000D__x000D_
पूर्व अध्यक्ष रेग्मीले भने, ‘संविधानको भावनाअनुरुप जनताको मौलिक हकको प्रभावकारी कार्यान्वयन गरी जनतालाई अनुभूत गराउनुपर्छ। पुरानो सोच र कार्यशैलीलाई परिवर्तन गरी प्रशासनिक संयन्त्रलाई पारदर्शी बनाउन सकेमात्र ‘समृद्ध नेपाल सुखी नेपाली’को सपना सार्थक हुन्छ।’
_x000D__x000D_
कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बौद्धिक, व्यवसायिक तथा उत्पादनशील क्षेत्रको जमघट भएको मञ्चलाई विकास र समृद्धिको यात्रामा साझेदारिता बढाउन आग्रह गरे।
_x000D__x000D_
संस्मृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पश्चिमाञ्चलको फरक वस्तु पर्यटन नै भएकाले यसको यथोचित विकासमा मञ्चलाई सक्रिय भूमिका खेल्न आग्रह गरे।
_x000D__x000D_
पूर्वप्रधानन्यायाधीशद्वय कल्याण श्रेष्ठ र गोपाल पराजुलीले संविधानलाई दिगो बनाउन विकास र समृद्धिलाई तीव्र गतिमा अघि बढाइनुपर्नेमा जोड दिए।
_x000D__x000D_
मञ्चका अध्यक्ष चन्द्र ढकालले पश्चिमाञ्चलको सामाजिक, आर्थिक विकास तथा आपसी सद्भाव र भाइचारा कायम गर्न मञ्चले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गरे।
_x000D__x000D_
सो अवसरमा मञ्चले पश्चिमाञ्चल विकास क्षेत्रबाट प्रतिनिधित्व गर्ने राज्यका विभिन्न निकायका विशिष्ट व्यक्तिहरुलाई सम्मानसमेत गरेको थियो।
_x000D__x000D_
सम्मानीत हुनेमा क्रमशः प्रधानन्यायाधीश मिश्र, राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना, परराष्ट्रमन्त्री ज्ञवाली, पर्यटनमन्त्री अधिकारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्याकुमारी अर्याल, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा छन्।
_x000D__x000D_
त्यसैगरी मुख्य सचिव लोकदर्शन रेग्मी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल तथा विभिन्न मन्त्रालयका सचिवहरु रेश्मीराज पाण्डे, लक्ष्मण अर्याल, डिल्लीराज घिमिरे, कृष्णजीबी घिमिरे, मुक्तिबहादुर खड्का र डा भरत गौतमलाई सम्मान गरिएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।