भद्रपुर– समग्र मानव सूचकांकमा मुलुककै उत्कृष्ट १० जिल्लाभित्र पर्ने झापामा एउटा बस्ती नै पिउने पानीका लागि परम्परागत स्रोत इनारमा निर्भर छ भनेर सुन्नेलाई पत्याउन गाह्रो होला।
_x000D__x000D_
दक्षिण झापाको गौरीगञ्ज गाउँपालिका–५ को डाँगीटोल पुगेपछि पत्याउनैपर्ने हुन्छ, किनकि त्यहाँका ५० परिवार अझै पनि एउटै इनारको पानीमा निर्भर छन्। स्थानीय गोपालप्रसाद गनगाईले टोलबासीले ४७ वर्ष पुरानो इनारबाट पानीको आवश्यकता पूरा गरिरहेको बताए।
_x000D__x000D_
टोलमा बसोबास गर्ने अधिकांश स्थानीय आदिबासी समुदाय गनगाई रहेका छन्। उनीहरूले पिउने, लुगा धुने, नुहाउने र गाईबस्तुलाई खुवाउनका लागि त्यही एउटा इनारको पानी प्रयोग गरिरहेका छन्।
_x000D__x000D_
त्यसो त टोलमा पानीको अन्य स्रोतका लागि ट्युबवेल गाड्न नखोजिएको होइन। सय फिट गहिरो खन्दासमेत पिउनयोग्य पानी ननिस्किएपछि इनारको विकल्प नभएको स्थानीयबासी श्यामनारायण गनगाई बताउँछन्।
_x000D__x000D_
यहाँको ट्युबवेलबाट आउने पानीमा अत्याधिक आर्सेनिक पाइने भएकाले पिउनयोग्य मानिएको छैन। ‘सय फिट ट्युबवेल गाड्दा पनि राम्रो पानी नआएपछि इनारको विकल्प रहेन,’ श्यामनारायण भन्छन्, ‘पानीको समस्याका कारण बस्ती नै छाड्ने बाध्यता आइसक्यो।’
_x000D__x000D_
स्थानीय हुलाक कार्यालयका कर्मचारीसमेत रहेका गोपालप्रसाद गनगाई सो इनारको निर्माण विसं २०२८ तिर भएको बताउँछन्। उनी भन्छन् ‘हाम्रा हजुरबुबाले पनि सोही इनारको पानी खाएका थिए।’
_x000D__x000D_
सो वडाका वडाध्यक्ष विजयसिंह गनगाईले टोलमा पानीको चर्को समस्याबारे यसअघिका जनप्रतिनिधि जानकार भए पनि अहिलेसम्म कुनै समाधान ननिकालेको तर अब आफूहरु शुद्ध पानीको स्रोत खोज्नमा लागिसकेको बताउँछन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।