ad

सिके राउतको अभिव्यक्तिविरुद्ध धनगढीमा बृहत जनप्रर्दशन

नेपाल लाइभ

Nepal Live

धनगढी- सिके राउतको अभिव्यक्ति विखण्डनकारी भएको भन्दै धनगढीमा बृहत् जनप्रर्दशन गरिएको छ। संविधान दिवस अर्थात् असोज ३ गते राउतले ‘मधेश नेपाल होइन’ भन्ने अभिव्यक्ति दिएका थिए।

स्वतस्फुर्त युवा समूह धनगढीले निकालेको प्रर्दशनमा सिके रावतलाई सरकारले कारबाही गर्नुपर्ने माग गरिएको थियो। धनगढीको ट्राफिक चौराहबाट निस्किएको प्रर्दशन पार्कमोडमा पुगेर कोणसभामा परिणत भएको थियो।

र्‍यालीमा युवाहरुले अखण्ड नेपाल हुनुपर्ने, विखण्डनकारीलाई कारबाही गर्नुपर्ने, हिमाल पहाड तराई कोई छैन पराई, सिके रावतको अभिव्यक्तिप्रति सरकार किन मौन, लगायतका प्ले कार्ड बोक्दै नाराबाजी गरेका थिए।

कोणसभालाई सम्बोधन गर्दै एश्वर्य विद्या निकेतनका स्ववियू सभापति कमल बमले सिके राउतको अभिव्यक्तिले सबै नेपालीको मन दुखेको बताए। उनले मधेश पनि नेपाल नै रहेको र मधेशलाई विखण्डन गर्ने सोच भएका व्यक्तिलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने माग गरे।

युवा ललित जोशीले नेपालको राष्ट्रियता, सार्वभौमसत्तामाथि नै आक्रमण हुने अभिव्यक्ति दिंदा समेत सरकारले कुनै कदम चाल्न नसकेकोले आन्दोलनमा उत्रनुपरेको बताए। उनले सरकारले सिके राउतलाई कारबाही नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने बताए।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने