तेहरान –इरानमा सैन्य कवाज (परेड)मा शनिबार एक लडाकू समूहले गरेको आक्रमणमा परि मृत्यु हुनेको संख्या २४ पुगेकोे जनाएको छ।
_x000D__x000D_
सैन्य परेड भइरहेको स्थलमा एक्कासी आतंकवादीहरूले गोली चलाउँदा कवाज हेरिरहेका महिला, बालबालिकासमेतको मृत्यु भएको र शनिबार अपरान्ह्सम्म उक्त घटनामा मृत्यु हुनेको सङ्ख्या २४ पुगेको यहाँको राज्य सञ्चालित आइआरएनए समाचार संस्थाले जनाएको छ।
_x000D__x000D_
घटनामा ५३ जना घाइते भएको बताइएको छ। आइआरएनएले अस्पताल स्रोतलाई उद्धृत गर्दै घटनामा घाइते भएका केही व्यक्तिको अवस्था गम्भीर रहेकोले मृतक संख्यामा थप केही वृद्धि हुने बताइएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।