काठमाडौं- लाठी प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा बाग्लुङको ताराखोला गाउँपालिका–२ खलडाँडा बस्ने ६६ वर्षीय देउप्रसाद छन्त्याललाई प्रहरीले पक्राउ गरेको छ।
_x000D__x000D_
घरायसी विवादमा शुक्रबार लाठीले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी छन्त्यालकी श्रीमती ७० वर्षीया तुलमाया छन्त्यालको प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरमा उपचारको क्रममा मृत्यु भएको थियो।
_x000D__x000D_
प्रहरीले छन्त्यालमाथि अनुसन्धान सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।