काठमाडौं- नेपाली कांग्रेसको विधानको प्रारम्भिक मस्यौदा तयार भएको छ। विधान मस्यौदा समितिले छलफलका लागि प्रारम्भिक मस्यौदा तयार भएको जानकारी दिएको हो।
_x000D__x000D_
पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार गरिएको पत्रकार सम्मेलनमा समितिका प्रवक्ता रमेश लेखकले पहिलो चरणको काम सकिएको बताए। सोमबारदेखि सातै प्रदेशमा तयार भएको प्रारम्भिक मस्यौदामाथि अन्तर्क्रिया र छलफल सञ्चालन गरिने बताए।
_x000D__x000D_
देशभरका कार्यकता तथा जिल्ला सभापतिसँग छलफलपछि मस्यौदालाई अन्तिम रुप प्रदान गरिने उनले जनाए।
_x000D__x000D_
विधान मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले विधानका लागि तल्लो तहबाट अाएका सुझाव र हेटौंडामा सकिएको जिल्ला सभापतिको सम्लेनबाट आएका सुझावहरुलाई प्राथमिकता दिएको बताए। प्रारम्भिक मस्यौदामाथि प्रदेशमा छलफलका लागि लैजान सबैको सहमति भएको उनले जानकारी दिए।
_x000D__x000D_
सोमबारदेखि असोज १२ सम्ममा प्रदेश छलफल सकिने बताइएको छ। अहिलेको विधान बिपीकालीन कांग्रेसको विधानबाट डिर्पाचर हुन लागेको दाबी उनले गरे। संघीयता अनुरुप पार्टी संगठन बनाउन लागिएको खड्काले बताए।
_x000D__x000D_
सोमबारदेखि सातै प्रदेशका १२ स्थानमा विधानको मस्यौदामाथि छलफल चलाइने भएको छ। प्रदेश ७ र कर्णालीमा एक/एक स्थान र अन्य प्रदेशका दुई स्थानमा छलफल गरिने बताइएको छ।
_x000D__x000D_
प्रदेश १ मा आनन्द ढुगांना र नवीन्द्रराज जोशी, प्रदेश २ मा डा मिनेन्द्र रिजाल र डिना उपाध्याय, प्रदेश ३ मा दीलेन्द्र बडु र सिता गुरुङले छलफल चलाउने भएका छन्।
_x000D__x000D_
यसैगरी गण्डकी प्रदेशमा फरमल्लाह मन्सुर र अमरसिंह पुन, प्रदेश ५ मा रमेश लेखक र मदन अमात्य, कर्णाली र प्रदेश ७ मा मीन विश्वकर्मा र प्रदीप पौडेललाई जिम्मेवारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।