काठमाडौं– खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्यमा ल्याइएको सिमेन्ट निजी पसलमा राखिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।
_x000D__x000D_
खानेपानी मन्त्री विना मगरका स्वकीय अधिकृत विजयदेव भट्टराईले विज्ञप्ति प्रकाशित गर्दै अम्बाथान हेलम्बु सुरुङको बाँध निर्माणको लागि ल्याइएको ३ सय ४० बोरा सिमेन्ट मिलेमतो गरी निजी पसलमा बिक्रि गर्न राखिएको प्रति मन्त्रालय गम्भीर रहेको जनाइएको छ।
_x000D__x000D_
‘राष्ट्रिय गौरवको आयोजना निर्माण कार्यको सम्बन्धमा देखिएको यस किसिमको लापरबाहीप्रति मेलम्ची खानेपानी विकास समिति र सम्बन्धित ठेकेदार कम्पनी ‘सिएमसी’ थप जिम्मेवार भई कार्य गर्न मन्त्रालयको तर्फबाट सचेत गरिन्छ।’, विज्ञप्तिमा उल्लेख गरिएको छ।
_x000D__x000D_
निर्माण कार्य अघि बढाउन मन्त्रालय र सम्बन्धित निकाय दिनरात लागि रहेको जनाउँदै मन्त्रालयले सो कार्यमा संलग्नलाई कानुन बमोजिम कारबाही गर्न, यस्तो घटना दोहोरिन नदिन तथा आयोजना निर्माणको कार्य समयमा नै सम्पन्न गर्न मन्त्रालयबाट निर्देशन दिइएको छ।
_x000D__x000D_
प्रेस विज्ञप्ति:
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।