काठमाडाैं- नेपालका प्रख्यात कलाकार तथा कला संस्कृतिका ऐतिहासिक धरोहर राष्ट्रिय विभूति अरनिकोको पूर्णकदको शालिक राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गरेकी छन्। ललितपुर महानगरपालिका परिसरमा अायाेजित एक कार्यक्रमका बीच अरनिकोको शालिक अनावरण गरिएको थियो।
_x000D__x000D_
अरनिको नेपालका साँस्कृतिक दूत भएकाले नेपाल-चीन सम्बन्धले अहिले परिपक्व अवस्थामा पुर्याएको प्रतिमा अनावरण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उल्लेख गरिन्। राष्ट्रपति भण्डारीले भनिन् 'तेह्रौं शताब्दीमा नेपालबाट चीनमा गएका कलाकार अरनिकोले नेपाली मौलिक शैलीका श्वेतचैत्य र विहार निर्माण गरेर चीन-नेपाल सम्बन्ध जनस्तरीय तथा साँस्कृतिक रुपमा विकास गर्न योगदान पुर्याउनुभएको छ।'
_x000D__x000D_
'कला र संस्कृति सभ्यताका द्योतक हुन् भने पहिचानका आधारस्तम्भ हुन्' कार्यक्रममा बोल्दै सांस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भने, 'नेपाली कला र संस्कृतिको विश्वमै विशिष्ट स्थान रहेको सर्वविवितै छ। यसलाई संरक्षण र सम्बर्द्धन गर्नु हामी सबैको दायित्व हो।'
_x000D__x000D_
तेह्रौ शताब्दीमा नेपालमा जन्म लिई तिब्बत र चीनमा समेत आफ्नो अभुतपूर्व कलाकौशलको माध्यमबाट कालजयी धातु तथा प्रस्तरका मूर्ति तयार गरेका अरनिको विश्वमै ख्यातिप्राप्त नेपालका अमूल्य रत्न रहेको उनले बताए। मन्त्री अधिकारेले सम्बोधनका क्रममा विख्यात वास्तुकला प्रतिमूर्ति अरनिकोजस्ता ऐतिहासिक व्यक्तित्वको प्रतिमा निर्माण गर्ने कलाकार प्रकाश रत्न शाक्य र ललितपुर महानगरपालिकालाई बधाई तथा धन्यवाद व्यक्त गरे।
_x000D__x000D_
नेपालका लागि चिनियाँ राजदूत यु होङले चीन र नेपालबीचको सम्बन्ध प्रवर्द्धनमा अरनिकोले पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै भने 'अरनिकोले नेपाल चीनबीचको परम्परागत मित्रताको विकासमा प्रेरणा दिनुभएको छ।'
_x000D__x000D_
'नेपाल र चीनबीच सांस्कृतिक सम्बन्ध बलियो छ', संस्कृतिविद् सत्यमोहन जोशीले भने। दुई देशबीच हिमालका कारण अनेक कठिनाइ भएपनि अनादिकालदेखि नै साँस्कृतिक सम्बन्ध बलियो रहेको देखिन्छ' उनले भने। अरनिको शालिक बनाउने मेरो ठूलो धोको ललितपुर महानगरपालिकाले पुरा गरेकोमा खुशी लागेको जोशीले बताए।
_x000D__x000D_
यसैबीच अरनिकोको शालिक बनाउने मूर्तिकार प्रकाशरत्न शाक्यलाई सोही समारोहमा प्रशंसापत्र प्रदान गरिएको छ।
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।