काठमाडौं- मल्टिस्टार फिल्म ‘छक्का पञ्जा- ३’ को ट्रेलर सार्वजनिक भएको छ। शनिबार काठमाडौंमा पत्रकार सम्मेलनका साथ फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
_x000D__x000D_
सामाजिक कथावस्तुलाई हास्यात्मक शैलीमा प्रस्तुत गरिएको फिल्मको सार्वजनिक ट्रेलरमा बढ्दो शैक्षिक व्यपार र राजनीतिक, जातीय विभेदलगायतका समस्या प्रस्तुत गरिएको छ। निमार्ण युनिटले फिल्मको ट्रेलरसँगै प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ। फिल्म असोज २४ गते अर्थात् घटस्थापनाका दिनबाट प्रदर्शनीमा आउनेछ यसअघि २ वटा गीत सार्वजनिक गरिसेकेको फिल्म युनिटले फिल्मको प्रदर्शन मिति भने तय गर्न सकेको थिएन।
_x000D__x000D_
दीपकराज गिरी, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, नीर शाहलगायतका कलाकारको अभिनय रहेको फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन्। आमा सरस्वती मुभिज र आइएमईको संयुक्त प्रस्तुति रहेको फिल्ममा प्रियंका कार्की, वर्षा शिवाकोटी, संजोग कोइराला, स्वस्तिमा खड्का भने अतिथिकाे भूमिकामा रहेको छन्।
_x000D_
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।