बझाङ– 'सगरमाथा आरोहणमा महिला' भन्नासाथ झट्ट पासाङ ल्हामु शेर्पाको नाम आइहाल्छ। विश्वको सर्वोच्च शिखरको कठिन आरोहणमा महिला सहभागी हुँदा चासोपूर्वक समाचार बन्थ्यो कुनैबेला। किनकि महिला भएकै कारण कठिन यात्रा गर्न सक्दैनन् भन्ने मानसिकता धेरैमा थियो। यो मान्यता लगभग तोडिँदै छ।
_x000D__x000D_
बझाङका चार चेली भने यतिबेला हिमाल आरोहणको तयारीमा जुटेका छन्। उनीहरुको लक्ष्य हो, साइपाल आरोहण। बझाङस्थित ७०३१ मिटर अग्लो हिमाल चढेर कीर्तिमान बनाउनुछ उनीहरुलाई।
_x000D__x000D_
बझाङ धुलीकी संगीता रोकाया, काँडाकी लक्ष्मी बुढा, सुनिकोटकी सरस्वती थापा र सुर्माकी पवित्रा बोहरा आउँदो अक्टोबर १७ मा त्यसतर्फ प्रस्थान गर्नेछन्।
_x000D__x000D_
संसारकै प्रख्यात आरोहीहरुलाई सहभागी गराएर ७ नम्बर प्रदेशलाई विश्वसामु चिनाउने यो अभियानको मुख्य लक्ष्य छ। जसलाई नाम दिइएको छ- मिसन साइपाल।
_x000D__x000D_
'अभियान अन्तर्गत विदेशी पर्वतारोही टोलीसँगै हामी पनि साइपाल हिमाल चढ्नेछौं,' लक्ष्मी बुढाले भनिन्।
_x000D__x000D_
_x000D__x000D_
साइपाल आरोहणमा चासो देखाउने १५ मध्ये उत्कृष्ट ४ मा उनीहरु छानिएका हुन्। विश्वविख्यात आरोही डा जर्ज, एडुर्ने पासावनसँगै उनीहरु आरोहणमा सहभागी हुनेछन्। डा जर्ज इगोसिगा र एडुर्ने पासावन संसारका ८ हजारभन्दा माथिका १४ वटै हिमाल चढिसकेका व्यक्ति हुन्। अझ यी १४ वटा हिमाल चढ्ने महिला आरोहीमा अहिलेसम्म एडुर्ने एक मात्र हुन्। उनीहरुसँगै अन्य १२ जना प्रख्यात आरोही पनि यस अभियानमा सामेल हुँदै छन्।
_x000D__x000D_
_x000D_मिसन सफल भएमा बझाङका यी ४ चेली आधिकारिक रूपमा साइपाल चढ्ने पहिलो आरोही हुनेछन्।
_x000D_
_x000D__x000D_
पहिलो पटक चलाइएको यो अभियान केही चुनौतीपूर्ण त अवश्य छ, तर यसले प्रदेश ७ (विशेष गरी बझाङ) लाई सम्भावनाको ढोका खोल्ने विश्वास सरोकारवालाले गरेका छन्।
_x000D__x000D_
गएको चैतमा यी चेली ४१०० मिटर उचाइमा रहेको साइपाल आधार शिविर जाने दिन गाउँमा रूवाबासी नै चल्यो। तर, उनीहरु पछि हटेनन्। 'अवसर पाए छोरीले पनि सफलताको शिखर चुम्न सक्छन् भन्ने संकल्प बोकेर नै हामीले यो लक्ष्य तय गरेका हौं,' पवित्रा बोहरा भन्छिन्।
_x000D__x000D_
_x000D__x000D_
उनीहरु अहिले काठमाडौंमा आरोहण सम्बन्धी तालिम लिइरहेका छन्।
_x000D__x000D_
अक्टोबर १७ मा बेसक्याम्प जाने तयारीमा रहेका उनीहरु साइपालमा ३५ दिन बिताउनेछन्। उनीहरूको बारेमा ‘मिसन साइपाल’ फिल्म पनि बन्दै छ। जसले देश–विदेशमा प्रचारप्रसार गर्न सघाउ पुर्याउनेछ। यसको समन्वय रारा फिल्मसले गरिरहेको छ।
_x000D__x000D_
यसअघिसम्म सरकारको इजाजत लिएर कसैले पनि साइपाल आरोहण गरेको रेकर्ड छैन। सन् १९५३ मा एक अस्ट्रियन नागरिकले दक्षिणी मोहडाबाट चढ्ने पहिलो प्रयास त गरे तर उनी सफल भएनन्।
_x000D__x000D_
मिसन सफल भएमा बझाङका यी ४ चेली आधिकारिक रूपमा साइपाल चढ्ने पहिलो आरोही हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।