काठमाडाैं– ट्यांकर चालकको हड्तालका कारण असहज बनेको पेट्रोलियम आपूर्ति सहज पार्न नेपाल आयल निगमले शनिबार पनि पेट्रोल र डिजेल वितरण गरेको छ।
_x000D__x000D_
शनिबार एकैदिन निगमले उपत्यकामा १७ लाख लिटर पेट्रोल र डिजेल वितरण गरेको छ। निगमको थानकोट डिपो प्रमुख भरत रेग्मीका अनुसार शनिबारका लागि ८ लाख २९ हजार लिटर पेट्रोल र ८ लाख ८० हजार लिटर डिजेल वितरण गरिएको छ। यो एकैदिन वितरण गरिएको सबैभन्दा ठूलो परिमाण हो।
_x000D__x000D_
निगमले उपत्यकामा दैनिक औसत ६ लाख लिटर पेट्रोल र सात लाख लिटर डिजेल वितरण गर्छ।
_x000D__x000D_
सामान्य अवस्थामा शनिबार पेट्रोलियम वितरण बन्द हुने भएपनि आपूर्ति सहज पार्न विदाको दिनमा पनि वितरण गरिएको रेग्मीले बताए।
_x000D__x000D_
अहिले निगमको थानकोट डिपोमा ४५ लाख लिटर डिजेल र ३० लाख लिटर पेट्रोल छ।
_x000D__x000D_
शुक्रबार सरकार र आन्दोलनरत चालकबीच आपूर्ति सूचारु गराउने सहमति भएपछि सहज ढंगले पेट्रोलियम पदार्थ भित्रिएको डिपो प्रमुख रेग्मीले बताए।
_x000D__x000D_
पेट्रोल पम्पले मागेजति तेल दिइएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।