राजविराज– सप्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुरेन्द्र पौडेलले दुई सातादेखि कन्चनरुपमा फैलिएको स्वाइन फ्लू र हङकङ फ्लूको अनावश्यक मिडियाबाजी गरिएको बताएका छन्। उनले कन्चनरुपमा फैलिएको सामान्य रुघाखोकीलाई पत्रकारले मिडियाबाजी गरेर भयावह बनाएको आरोप लगाएका हुन्।
_x000D__x000D_
रुघाखोकी र उच्च रक्तचापका कारण मृत्यु भएका ४ जनाको परिवारलाई प्रदेश सरकारले उपलब्ध गराएको राहत रकम हस्तान्तरण गर्न कन्चनरुपमा आयाजित कार्यक्रममा सिडिओ पौडेलले कन्चनरुपमा कुनै असमान्य अवस्था नआएको र प्रचारबाजी बढी भएको अभिव्यक्ति दिए।
_x000D__x000D_
कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा प्रकाश साहले समेत कन्चनरुपमा स्वाइन फ्लू नभई ‘एच वान एन वान’ को प्रकोप देखिएको र यो समान्य कुरा भएको भन्दै भ्रम छर्ने प्रयास गरेका थिए।
_x000D__x000D_
जनस्वास्थ्य प्रयोगशाला टेकुले भने कन्चनरुपमा र हनुमाननगर कंकालिनी नगरपालिकामा स्वाइन फ्लू र हङकङ फ्लूको जिवाणु फेला परेको प्रतिवेदन यसअघि नै सार्वजनिक गरिसकेको छ। २४ जनाको खकार र रगत परीक्षण गर्दा १ जनामा स्वाइन फ्लू र १० जनामा हङकङ फ्लूको जिवाणु भेटिएको प्रतिवेदनमा उल्लेख छ।
_x000D__x000D_
_x000D__x000D_
४ जनाको मृत्यु हुनेगरी रोग फैलिँदासमेत सिडियो तथा डाक्टरबाटै यस्तो प्रतिक्रिया आएपछि कार्यक्रममा उपस्थित पत्रकारले ४ जनाको के कारणले मृत्यु भयो त भन्दै प्रश्न गरेका थिए। मास्क लगाएर मञ्चमा बसेका सिडियो पौडेललाई पत्रकारले सोधे, ‘कञ्चनरुपमा केही नभएको भए तपाईं किन मास्क लगाएर आउनु भयो?’
_x000D__x000D_
सोपश्चात् पौडेलले समाचारमा आएजसरी रोगले महामारीकै रुप नलिएको दाबी गरेका थिए।
_x000D__x000D_
मुख्यमन्त्रीले दिए २/२ लाख
_x000D__x000D_
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शुक्रबारै कञ्चनरुप नगरपालिकामा मौसमी रुघाखोकी तथा उच्च ज्वरोबाट मृत्यु भएका ४ जनाका परिवारलाई प्रतिपरिवार २ लाख रुपैयाँका दरले राहत रकम वितरण गरेका छन्।
_x000D__x000D_
उनीहरुको मृत्यु स्वाइन फ्लुका कारण भएको आशंका गरिएको छ। राउतले सप्तरीमा बढेको मौसमी रुघाखोकीको प्रकोप नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत १५ लाख रुपैयाँ उपलब्ध गराउने जानकारी पनि दिए। यसअघि राउतले फ्लू प्रभावित क्षेत्रका बिरामीको उपचार भइरहेको कञ्चनरुपस्थित प्राथमिक स्वास्थ्य केन्द्रको निरीक्षण गरेका थिए।
_x000D__x000D_
प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पतालमा स्तरवृद्धि गर्न प्रदेश सरकारका तर्फबाट प्रतिवद्धता जनाए।
_x000D__x000D_
दोसल्ला ओढ्नेको होडबाजी
_x000D__x000D_
फ्लू प्रभावित क्षेत्रमा राहत वितरण गर्न पुगेका मुख्यमन्त्री तथा मन्त्री माला र दोसल्ला ओढ्न र औपचारिक कार्यक्रममा बढी केन्द्रित भएका थिए।
_x000D__x000D_
मौसमी रुघाखोकी सर्नसक्ने भएकाले भिडभाडमा नजान तथा मास्कको प्रयोग गर्न माइकिङ तथा प्रचारप्रसार गरिरहेको कन्चनरुप नगरपालिकाले प्रभावित क्षेत्रमा मान्छे भेला गरेर औपचारीक कार्यक्रमको आयोजना गरेको हो।
_x000D__x000D_
_x000D__x000D_
मञ्चमा रहेका अधिकांश अतिथिहरु मास्क लगाएर बसेका थिए भने सर्वसाधारणहरु भने कार्यक्रम सफल पार्न भन्दै बिना मास्क उपस्थित थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।