ad

सोविता सिम्खडाको उपन्यास ‘वराङ्गना’ लाेकार्पण

नेपाल लाइभ

Nepal Live

काठमाडौं– अभिनेत्री सोविता सिम्खडाको उपन्यास ‘वराङ्गना’ विमोचन भएको छ। शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित पर्यटन बोर्डको सभाहलमा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलगायतले उपन्यासको विमोचन गरेका हुन्।

विमोचनपछि बोल्दै पूर्व प्रधानमन्त्री चन्दले नेपाली साहित्य बजारमा ‘वराङ्गना’को स्थान उच्च रहने विस्वास व्यक्त गरे। उनले लेखकको भावी लेखन यात्रा र पुस्तकलाई सफलताको शुभकामना व्यक्त गरे।

कार्यक्रममा बोल्दै साहित्यकार नवराज लम्सालले पुस्तकले दलित पात्रको भावना बोलेको बताए। उनले पुस्तकमा उठाइएको विषयवस्तुले नवप्रवेशी लेखकका माझमा सिम्खडाको फरक पहिचान स्थापित गराउनेमा आशावादी रहेको धारणा राखे।

उपन्यासमा कथित उपल्लो र तल्लो जातिबीचको विभेद, प्रेम, राजनीति, सामाजिक कुरीति जस्ता विषयवस्तुहरुलाई केन्द्रमा राखिएको लेखक सिम्खडाले बताइन्। 

एक दर्जन नेपाली चलचित्र, म्युजिक भिडियो तथा सञ्चारकर्मीको रुपमा स्थापित सिंखडाको यो पहिलो उपन्यास हो।

पुस्तक बुलबुल प्रकाशनले बजारमा ल्याएको हो।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने