काठमाडौं- दसैंका लागि अग्रिम बुकिङ टिकट खुलाउने विषयमा यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ।
_x000D__x000D_
छलफलमा यातायात व्यवसायीले नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता भएमात्रै अग्रिम बुकिङ टिकट खुलाउने अडान लिएका कारण वार्ता टुंगोमा नपुगेको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्याले बताए।
_x000D__x000D_
व्यवसायीको अडानपछि वार्ता पुनः मंगलबार बस्ने गरी टुंगिएको छ। 'बुकिङ टिकट खुल्छ,' उनले भने, 'अहिले पनि प्रालि अन्तर्गतका व्यवसायी र केही समितिले टिकट खुलाइसकेका छन्।'
_x000D__x000D_
विभागले जुनसुकै बेला बोलाउने वार्तामा आफूहरु जाने व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए।
_x000D__x000D_
यसअघि सरकार र व्यवसायी बीच आजदेखि बुकिङ टिकट खुला गर्ने सहमति भएको थियो । तर, सहमतिपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै व्यवसायीले बिहीबार अग्रिम टिकट नखुलाउने निर्णय गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।