काठमाडौं– संविधान दिवसको दिनमा प्रदेश २ मा भएको विरोध प्रदर्सनले मुलुकको भौगोलिक अखण्डता र राष्ट्रिय एकतामा ठाडो प्रहार गरेको भन्दै विवेकशील साझा पार्टीले आपत्ति प्रकट गरेको छ।
_x000D__x000D_
साझाका प्रवक्ता सुर्यराज आचार्यले निकालेको प्रेस विज्ञप्तिमा उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। संविधानसभाबाट २०७२ असोज ३ गते झन्डै ९० प्रतिशत सभासदहरूले अनुमोदन गरेको संविधान एक सहमतिको दस्तावेज भएको भन्दै साझाले लोकतान्त्रिक देशमा संविधानमा त्यति ठूलो संख्याको सहमति रहनु आफैंमा एउटा उदाहरण भएको बताएको छ।
_x000D__x000D_
संविधान एक गतिशील राजनीतिक दस्तावेज भएको र परिस्थिति अनुकुल त्यसमा संसोधन हुने लोकतान्त्रिक बाटो पनि संविधानले खुला राखेको विज्ञप्तिमा उल्लेख छ। संविधानप्रतिको असन्तुष्टिलाई सबै दल र सरकारले सक्दो लचकताका साथ राजनीतिक हिसाबले सम्बोधन गर्न समेत उसले माग गरेको छ।
_x000D__x000D_
संविधान दिवसका दिन प्रदेश २ मा सिके राउत समूहले मुलुकको भौगोलिक अखण्डता र राष्ट्रिय एकतामा ठाडो प्रहार हुने गरी गरेको भेला र भाषणलाई लिएर विवेकशील साझाले आपत्ति प्रकट गरेको हो।
_x000D__x000D_
कुनै पनि आवरणमा मुलुकको भौगोलिक अखण्डता र राष्ट्रिय एकतामाथिको प्रहारलाई सरकारले लाचार भएर हेरी बस्नु आपत्तिजनक भएको विज्ञप्तिमा उल्लेख छ। यस्ता गतिविधिलाई कडाइका साथ कानुनी दायरामा ल्याउन पनि उसले माग गरेको छ।
_x000D__x000D_
केही दिनअघि भारतीय सेना प्रमुख विपिन रावतले ‘भौगोलिक बाध्यता’का कारण नेपालले चाहेर पनि भारतबाट टाढा जान नसक्ने बताएकोप्रति पनि विवेकशील साझाले आपत्ति जनाएको छ।
_x000D__x000D_
त्यस प्रकृतिका टिप्पणी विज्ञ र विश्लेषकबाट आउनु अस्वभाविक नहुने भन्दै साझाले ‘ती टिप्पणीहरू साँचो हुन् भने एकजना सेनाप्रमुखबाट त्यस्तो अभिव्यक्ति आउनु गैर–कूटनीतिक र असोभनीय भएको दाबी गरेको छ। उसले सरकारलाई सो बारेमा भारत सरकारसँग पत्राचार गर्न समेत माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।