काठमाडौं- विभिन्न माग राखेर आन्दोलित सवारी चालकहरू आन्दोलन फिर्ता लिन सहमत भएका छन्।
_x000D__x000D_
आज प्रधानमन्त्री कार्यालयमा भएको छलफलपछि चालकले आन्दोलन फिर्ता लिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले जानकारी दिए।
_x000D__x000D_
छलफलमा थुनामा परेका चालकलाई रिहा गर्ने सहमति पनि जुटेको उनले बताए।
_x000D__x000D_
‘कानुनी व्याख्याको बुझाइको कमजोरीले उहाँहरूले आन्दोलन गरेको देखियो,’ सचिव अधिकारीले भने, ‘हामीले स्पष्ट पारेपछि सवारी सुचारु गराउन उहाँहरू सहमत हुनुभएको छ ।’
_x000D__x000D_
चालकहरूले उठाएका अन्य विषय पनि समाधान गर्दै जाने सहमति जुटेको छ।
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।