३८ सय किलो सुन तस्करी प्रकरण : धरौटीमा रिहा भएका प्रहरीको निलम्बन फुकुवा हुँदै

नेपाल लाइभ | २०७५ असोज ५ शुक्रबार | Friday, September 21, 2018 १०:१५:२८ मा प्रकाशित

काठमाडौं– ३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या आरोपमा निलम्बनमा परेका ३ प्रहरी अधिकारीको निलम्बन फुकुवा हुने भएको छ। उच्च अदालत विराटनगरको आदेशमा केही दिनअघि मात्रै धरौटीमा रिहा भएका एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल र डिएसपी प्रजित केसीको निलम्बन फुकुवा हुन लागेको हो।

_x000D_ _x000D_

धरौटीमा रिहा भएपछि उनीहरुले निलम्बन फुकुवा हुनेपर्ने माग राख्दै प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेका थिए। प्रहरी प्रधान कार्यालयले उनीहरुको निलम्बन फुकुवा गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको स्रोतले जानकारी दियो।

_x000D_ _x000D_

माघको पहिलो साता साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरएसँगै गायब पारिएको थियो। सुन बोक्ने भरियाको काम गरेका शाक्यको मोरङको उर्लाबारीका गत फागनु १८ गते हत्या भएको थियो।

_x000D_ _x000D_

उक्त घटनाको छानबिन गर्न सरकारले २०७४ चैत २० गते गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा समिति गठन गरेको थियो। समितिले घटनामा संलग्नता रहेको भन्दै यी तीनै अधिकारीलाई प्रतिवादी बनाएको थियो। त्यसपछि उनीहरुलाई निलम्बन गरिएको थियो।

_x000D_ _x000D_

गत असोज २ गते उच्च अदालत मोरङले एसपी विकासराज खनाललाई छाड्न आदेश दिएको थियो भने गत शुक्रबार एसएसपी दिवेश लोहनी र आइतबार डिएसपी प्रजित केसी साधारण तारेखमा रिहा भएका थिए।

_x000D_ _x000D_

साधारण तारेखमा रिहा गर्नुपर्ने माग राख्दै उच्च अदालत विराटनगरमा २७ जनाले निवेदन दिएका थिए। उनीहरुमध्ये तीन जनाको निवेदनमात्र सुनुवाइ भएको छ। अन्य २३ निवेदन सुनुवाइ हुने क्रममा छन्।

_x000D_ _x000D_

तीनै जना सुरक्षा अधिकारीलाई संगठित अपराधका विभिन्न दफा लगाएर मुद्दा दायर गरिएको थियो। त्यसैगरी संगठनको कार्यक्षेत्र नाघेको, गोरेलाई भगाउन सहयोग गरेको, सुन तस्करीका लागि सहयोग गरेको लगायत आरोप लगाइएको थियो।