काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली १२ दिने विदेश यात्रामा शनिबार न्यूयोर्क प्रस्थान गर्दै छन्। संयुक्त राष्ट्रसंघको ७३औँ सभामा सहभागी हुन प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गर्न लागेका परराष्ट्र मन्त्रालयले जनाएको छ।
_x000D__x000D_
संयुक्त राष्ट्रसंघको उच्चस्तरीय महासभा असोज ९ गतेबाट सुरु हुँदैछ। प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयका अनुसार ११ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। यस्तै, सोही दिन प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव एन्टोनियो ग्येरिर्सबीच द्विपक्षीय वार्ता हुने कार्यक्रम छ।
_x000D__x000D_
राष्ट्रसंघले यो वर्षका लागि ‘शान्तिपूर्ण, इमानदार र निरन्तर समाजका लागि विश्वव्यापी नेतृत्व र साझा जिम्मेवारीहरु सम्बद्ध संयुक्त राष्ट्रसंघ बनाउँ' भन्ने नारा तय गरेको छ।
_x000D__x000D_
यसअघि असोज ८ गते प्रधानमन्त्री ओलीले नेल्सन मण्डेला जन्मेको शताब्दी मनाउन आयोजित ‘नेल्सन मण्डेला शान्ति शिखर बैठक’लाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। राष्ट्रसंघ महासभामा उपस्थित पाहुनाहरुको सम्मानमा सोही साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गर्ने रात्रिभोग कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने छन्।
_x000D__x000D_
प्रधानमन्त्री ओलीले महासभालाई सम्बोधन गरेकै दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्क क्षेत्रका विदेश मन्त्रीहरुसँग न्यूयोर्कमै अनौपचारिक छलफल गर्ने कार्यक्रम रहेको छ।
_x000D__x000D_
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले स्विजरल्यान्डका राष्ट्रपति एलिन ब्रिसेटसँग असोज १० गते र कम्बोडियाका प्रधानमन्त्री समेच उर्फ मोह सेना पाडी तेच हान सेनसँग १२ गते अनौपचारिक भेट गर्ने कार्यक्रम तय भएको छ।
_x000D__x000D_
राष्ट्रसंघका अलावा ओलीले उत्तर अमेरिकी देश कोस्टारिकाको पनि भ्रमण गर्ने छन्। उनले कोस्टारिकाका राष्ट्रपति कार्लोस आलभाद्रोसँग दुईपक्षीय हितका विषयमा वार्ता गर्नेछन् भने त्यहाँस्थित विश्वविद्यालयमा आयोजित कार्यक्रमलाईसमेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
_x000D__x000D_
प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसहित परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरुको सहभागीता रहने बताइएको छ। टोली असोज १७ गते नेपाल फर्किने छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।