भूकम्पपछि काजकिरिया भइसकेका ‘जीवन’ जीवितै भेटिए

हरि बाँस्तोला | २०७५ असोज ५ शुक्रबार | Friday, September 21, 2018 ०७:१८:१७ मा प्रकाशित

पोखरा– झट्ट सुन्दा अचम्म लाग्न सक्छ, भूकम्पमा मरेको भनी काजकिरिया गरिसकेका अछामका जीवन बूढा ३ वर्षपछि पोखरामा भेटिएका छन्। अछामको विनायक पञ्चदेवल नगरपालिका–५ का १९ वर्षीय जीवन, जसकाे तीन वर्षअघि भूकम्पमा परेर मृत्यु भएको भनी काजकिरिया गरिएको थियो। 

_x000D_ _x000D_

विसं २०७२ वैशाख १२ गते, काठमाडौंको कपनमा जीवन उनका आफन्तसहित पाँच जना एउटा कोठामा बसेर पढिरहेका थिए। त्यतिबेला अचानक भूकम्प आएपछि उनी सम्पर्कविहीन भए। भूकम्पछि अन्य चार जना त सम्पर्कमा आए तर उनी भने लामो समयसम्म आएनन्।

_x000D_ _x000D_

सम्पर्कमा नआएपछि जीवनको मृत्यु भएको आफन्तले अनुमान गरे। त्यसपछि जीवनको काजकिरिया गरिएको ठूलोबुबा हरि बूढाले बताए। 

_x000D_ _x000D_

पोखरामा यातायात मजदूरका रुपमा काम गरिरहेको सुराकी पाएर खोज्न आएका उनको ठूलो बुबाले भने, ‘पोखरा नयाँबजारको पृथ्वी माइक्रो बस काउन्टरमा देखेँ तर मलाई देख्नासाथ उनी भागे।’
_x000D_ जीवनका आमा जानकी हाल नेपालगञ्जमा बस्छिन्।

_x000D_ _x000D_

छोरा पोखरामा छ भन्ने थाहा पाएसँगै  उनले छोरा खोजेर ल्याउन बारम्बार आग्रह गरिन्। त्यसपछि काठमाडौंको जोरपाटीमा खाद्यान्नको थोक बिक्रीको कारोबार बन्द गरेर पोखरा आएको ठूलो बुवाले बताए। 

_x000D_ _x000D_

‘छोरो हराएपछिको पिरले ४० वर्षीय आमा जानकीको रक्तचाप बढेको छ, निन्द्रा लाग्नका लागि नियमित औषधि सेवन गर्नु परेको छ,’उनले भने। जीवनको बुबा किसन बूढा भने रोजगारीका सिलसिलामा भारतमा बस्दै आएका छन्। 

_x000D_ _x000D_

जीवन घरका जेठो छोरा हुन्। उनको व्रतबन्ध भएको थिएन। साना बालबच्चाको किरिया गर्ने विधिअनुसार नै जीवनको काजकिररिया गरिएको थियाे। 

_x000D_ _x000D_

फुपाजु नेत्र धामीले जीवन भागे पनि उसलाई खोजेर घर लैजाने बताए। पोखरा माइक्रोबसमा सिटी भाइका उपनामबाट परिचित जीवन पोखरा १४ चाउथेमा बस्दै आएका रहेछन्। उनलाई सबैको सहयोगमा लिएर आमा जानकीसँग पुर्‍याउने फुपाजु धामीको धोको छ। 

_x000D_ _x000D_

नेपालगञ्जमा आमासँगै बस्दै आएका भाइ र बहिनी पनि दाजु आउने बाटो हेरिरहेका छन्।

_x000D_ _x000D_

 ठूलाबुवा भने भतिजलाई घर लिएर जाने अठोटका साथ बसिरहेका छन्। यतिबेला उनी भतिजाको खोजीमा पोखरामा भौँतारिदै छन्। रासस
_x000D_