काठमाडौं– ‘हुन त, सिनेमा मेकिङ आफैंमा जुवाको दाउ जस्तै हो’ साम्राज्ञी राज्यलक्ष्मी राणा र धिरज मगरलाई शीर्ष पात्र बनाइएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को विशेष प्रदर्शनपछि बिहीबार राति एकजना फिल्मकर्मीले टिप्पणी गर्दै थिए, ‘मलाई के लाग्यो भने साम्राज्ञी ग्लामरस् त छिन् तर उनी अझै अभिनेत्री हुन सकेकी छैनन्। उनले अझै अभिनय सिक्नुपर्ने रैछ।’
_x000D__x000D_
फिल्म ड्रिम्सबाट रजतपटमा उदाएकी साम्राज्ञीले यसअघि चार फिल्ममा अभिनय गरिसकेकी छिन्। र, ‘इन्टु मिन्टु लण्डनमा’ उनको पाँचौ फिल्म हो। साम्राज्ञीले यो फिल्मबाट एकजना चकलेटी युट्युबर धिरज मगरको डेब्यू अनुमोदन गरेकी छिन्। फिल्म हेरिसकेपछि कतिपयले भनेका छन्, ‘अभिनय कै कुरा गर्ने हो भने साम्राज्ञीलाई धिरजले छायामा पारेको देखियो। धिरज कलिउडमा जम्न सक्छन्।’
_x000D__x000D_
नयाँ अनुहार धिरजका लागि यस्ता प्रतिक्रियाहरु उत्साहपूर्ण र उत्प्रेरक हुन सक्छन्। तर साम्राज्ञीकै लागि भने नयाँ फिल्मले कत्तिको खुसी दिन्छ, आम दर्शकको रुचीको तौल जोखिनै बाँकी छ। त्यसको परीक्षा आज शुक्रबारदेखि सुरु भएको छ। ‘फिल्म इन्टु मिन्टु लण्डनमा’ देशभर सार्वजनिक गरिएको छ।
_x000D__x000D_
_x000D__x000D_
‘मैले आफ्नो तर्फबाट मिहिनेत गर्ने कुरा बाँकी राखेकी छैन, सबैलाई मेरो फिल्म हेरिदिन आग्रह गरेकी छु’ फिल्म सार्वजनिक भएपछि नायिक साम्राज्ञीले भनेकी छिन्, ‘म अत्यन्तै आशावादी छु। फिल्ममा धिरज र मैले सतप्रतिशत दिन प्रयास गरेका छौं।’
_x000D__x000D_
प्रति फिल्म ५ लाख रुपैयाँसम्म लिने साम्राज्ञीका लागि यो फिल्मले यसको दोब्बरभन्दा धेरै लगानी गरेको छ। नयाँ हिरो डेब्यू भएकाले निर्माता र निर्देशकले उनलाई नै केन्द्रमा राखेर यो प्रोजेक्ट बनाएका हुन्। फिल्मको भव्यताकै लागि यूकेमा पनि छायांकन गरियो। त्यसो त कथावस्तुले युकेको लोकेसन माग गरेको कुरा यसअघि नै दाबी गरिएको थियो।
_x000D__x000D_
फिल्मकी निर्देशक रेनशा बान्तवा जो आफैंमा एक कुशल कोरियोग्राफर पनि हुन्, उनका शब्दमा निर्माण पक्षले आशा गरेको तहमा साम्राज्ञीले काम गरेकी छिन्। यद्यपि फिल्म भने दर्शकको दृष्टिमा सफल या असफल हुने तर्क उनको छ। भन्छिन्, ‘हामी सबैले राम्रो काम गरेका छौं। साम्राज्ञी र धिरजले पनि आफ्नो ठाउँमा राम्रो काम गरेका छन्।’
_x000D__x000D_
_x000D__x000D_
यति हुँदाहुँदै पनि रोमान्टिक प्रेम कथानक फिल्मले साम्राज्ञीलाई कत्तिको रोमान्टिक बनाउँछ भन्ने प्रश्न भने अनुत्तरित छ। प्रश्नको खास कारण पनि छ। त्यो भने, पहिलो फिल्मबाहेक अरु फिल्महरुले खासै बजार नताउँदा पनि साम्राज्ञीको चर्चा र माग कहिल्यै ओरालोमा देखिएन। उनले ड्रिम्सपछि ए मेरो हजुर–२, तिमीसँग र कायरा नामका फिल्महरुमा अभिनय गरेकी छिन्। ए मेरो हजुर–२ को प्रचारबाजी राम्रो भए पनि यसले बक्सअफिस भने पिट्न सकेको थिएन। त्यसैगरी तिमीसँग त सुपर फ्लप नै भयो। र, कायरामा आर्यनसँग पर्दामा देखिएकी साम्राज्ञीको फिल्मी चाल अझै माइनसमा देखियो।
_x000D__x000D_
तर, प्रज्वल समशेर जबरा निर्माता रहेको नयाँ फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ले साम्राज्ञीलाई नयाँ साम्राज्य देला कि नदेला भन्ने अबका एकाध दिनमै थाहा हुनेछ।
_x000D__x000D_
तस्बिरहरु साम्राज्ञीको फेसबुकबाट
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।