काठमाडौं– एसिसी एसिया कप क्रिकेट प्रतियोगितामा अफगानिस्तानले समूह विजेताको रुपमा सुपर–४ मा स्थान बनाएको छ। अफगानिस्तान बिहीबार भएको समूह 'बी' को खेलमा बंगलादेशलाई १ सय ३६ रनले पराजित गर्दै समूह विजेता बनेको हो।
_x000D__x000D_
योसँगै एसिया कपको समूह चरणका खेल सकिएका छन्। समूह 'ए' बाट भारत समूह विजेता र पाकिस्तान उपविजेता बन्दै सुपर–४ मा पुगिसकेका छन्। समूह 'बी' बाट अफगानिस्तान समूह विजेता बन्दा बंगलादेश उपविजेतामा सीमित बन्यो। हङकङ र श्रीलंका भने समूह चरणबाट बाहिरिए।
_x000D__x000D_
बिहीबार अबुधावीमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५५ रन जोड्यो। उसका लागि हसमातुल्लाह साहिदीले ५८ रन र रासिद खानले नटआउट ५७ रन जोडे। साहिदीले ९२ बलमा ३ चौका प्रहार गर्दा आक्रामक ब्याटिङ गरेका रासिदले ३२ बलमा ८ चौका र १ छक्का प्रहार गरे। गुल्बादीन नइबले पनि ३८ बलमा नटआउट ४२ रनको योगदान दिए।
_x000D__x000D_
बलिङमा बंगलादेशका सकिब अल हसनले ४ विकेट लिए।
_x000D__x000D_
२ सय ५६ रनको लक्ष्य पछ्याएको बंगलादेश ४२.१ ओभरमा १ सय १९ रनको झिनो योगफलमा अलआउट भयो। उसका लागि सकिब अल हसनले सबैभन्दा बढी ३२ रन जोडे। मोहमदुल्लाहले २७ र मासाडेक हुसेनले नटआउट २६ रन जोडे। अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
_x000D__x000D_
बलिङमा अफगानिस्तानका मुजीब उर रहमान , गुल्बादी नइब र रासिद खानले २–२ विकेट लिए। रासिद खेलको म्यान अफ दि म्याच भए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।