बझाङ– बझाङको मष्टा गाउँपालिका कार्यालय नजिकैबाट १८ किलो चरेससहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुधबार बेलुका मष्टा गाउँपालिका वडा नम्बर २ खीकालाको तुती सडकखण्डबाट उनीहरुलाई पक्राउ गरिएको हो।
_x000D__x000D_
झोलामा राखेर १८ किलोग्राम सदरमुकाम चैनपुरतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीको गस्तिटोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
_x000D__x000D_
मष्टा गाउँपालिका वडा नम्बर २ का २० वर्षीय दीपक बुढा र जयपृथ्वी नगरपालिका १० घर भई गौरीशंकर प्राथमिक विद्यालय मष्टामा शिक्षिका समेत रहेकी हस्ता पुरीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रवीण धितालले बताए।
_x000D__x000D_
दुबै जनाको झोलाबाट नौ–नौ किलो चरेस बरामद गरेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले पत्रकार सम्मेलन गरी चरेश र अभियुक्त सार्वजनिक गरेको छ।
_x000D__x000D_
चरेस ओसापसारमा संग्लग्न अन्य दुईजना भाग्न सफल प्रहरीले जानकारी दिएको छ। उनीहरुको खोजी जारी रहेको डिएसपी प्रवीण धितालले जानकारी दिए।
_x000D__x000D_
उनीहरुको साथबाट तीन थान मोबाईल सेट र नगद १७ हजार ५ सय बरामद गरिएकोे डिएसपी धितालले बताए। बझाङ जिल्लामा चरेसको ओसारपसार बढ्दै गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।