काठमाडौं– एसिसी एसिया कप क्रिकेट प्रतियोगिताबाट भारतका तीन खेलाडी चोटका कारण बाहिरिएका छन्। अलराउन्डर हार्दिक पाण्ड्या तथा बलरहरु अक्षर पटेल र शार्दूल ठाकुर घाइते भएका कारण एसिया कपका बाँकी खेलबाट बाहिरिएका हुन्।
_x000D__x000D_
पाण्ड्या बुधबार राति भएको पाकिस्तानविरुद्धको खेलमा चोटग्रस्त भएका थिए। उनलाई ढाडमा समस्या भएको छ। अब उनको स्थानमा दीपक चाहरले खेल्नेछन्।
_x000D__x000D_
यसअघि अक्षर पटेल पनि औलामा चोट लागेकाले टिमबाट बाहिरिएका थिए। पटेल रविन्द्र जडेजाको स्थानमा टिममा समावेश भएका थिए। जडेजाले विगत एक वर्षदेखि चोटका कारण खेल्न सकेका छैनन्।
_x000D__x000D_
शार्दूल ठाकुर पनि हङकङ विरुद्धको खेलमा घाइते भएका थिए।
_x000D__x000D_
भारतले एसिया कपका सुरुवाती २ खेल्दै सुपर–४ मा स्थान बनाएको छ। अब भारतले कम्तिमा ३ खेल खेल्नेछ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।