काठमाडौं- जहाज उडानमा पाइलट अभाव भएको भन्दै पाइलट उत्पादन सम्बन्धी तालिम दिने चाहने संस्थालाई सरकारले सहुलियत प्रदान गर्ने भएको छ।
_x000D__x000D_
नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा संचालन सम्बन्धी नीतिगत व्यवस्थाहरु, २०७५ जारी गर्दै यस्तो व्यवस्था गरेको हो। हवाई यातायातको विकास बढ्दै गएकाले वायुसेवा प्रदायक कम्पनीबीच प्रतिस्पर्धा चलिरहेको छ। यसका लागि उनीहरुले जहाज पनि थप्दै आएका छन्। तर, आवश्यक मात्रमा पाइलट पाउन नसकेपछि विमान कम्पनीले विदेशबाटै पाइलट ल्याउने गरेका छन्।
_x000D__x000D_
देशलाई आवश्यक पाइलट अभाव हुन नदिन नयाँ व्यवस्था गरिएको प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बताए।
_x000D__x000D_
उनका अनुसार वायुयान चालक उत्पादन गर्न आवश्यक तालिम सञ्चालन गर्ने संस्था स्थापना गर्न चाहेमा उपयुक्त विमानस्थल उपलब्ध गराउने गरी नयाँ व्यवस्था जारी गरेको छ। साथै उड्डयन तालिम संस्था स्थापना हुने विमानस्थलमा ह्यांगर निर्माण गर्न ५ पाँच वर्षसम्म निःशुल्क जग्गा समेत उपलब्ध गराइने पोखरेलले बताए।
_x000D__x000D_
यसका साथै अवतरण तथा विमानस्थल प्रयाेग शुल्कमा समेत पूर्ण छूट दिने व्यवस्था सहित वायुसेवा सञ्चालन सम्बन्धी नीतिगत व्यवस्थाहरु, २०७५ जारी भएको उनको भनाइ छ।
_x000D__x000D_
पाइलट अभावकै कारण नेपाल वायुसेवा निगमले ६ अर्बभन्दा बढी रकम खर्चेर ल्याएका चिनियाँ जहाज उडन सकेको छैनन्।
_x000D__x000D_
नेवानिसँग ४ वटा 'वाई १२ सिरिज'का चिनियाँ जहाज उडान गर्न ४ जना मात्रै पाइलट छन्। जसका कारण नेवानिले फुलफेजमा जहाज उडाउन सकेको छैन।
_x000D__x000D_
नेवानिले वाई १२ र एमए ६० जहाज उडान गर्ने पाइलट तालिमका लागि ८ जना चीन पठाएको छ भने ४ जनालाई यहीं तालिम दिइरहेकाे छ। यसरी तालिममा जाने पाइलटका लागि मात्रै नेवानिले एक करोडभन्दा बढी रकम खर्च गरिरहको अवस्था छ।
_x000D__x000D_
नेवानिले हालै ल्याएका दुई वटा बाइडबडी जहाज उडानका लागि पनि ३४ जना विदेशी पाइलट भित्र्याउने तयारी गरिरहेका छ। एक जना पाइलट विदेशबाट ल्याउँदा न्यूनतम १० देखि १८ लाख रुपैयाँसम्म खर्च हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।