काठमाडौं– बिहिबार नेप्से परिसूचक ३ दशमलव ७४ अंकले घटे पनि कारोबार रकममा भने सुधार आएको छ। करीब १० कराेड रुपैयाँले काराेबारमा सुधार अाएको दिन बिहिबार नेप्से १ हजार २ सय ५५ दशमलव ०७ अंकमा पुगेर बजार बन्द भएको छ।
_x000D__x000D_
बिहीबार १ सय ६७ कम्पनीको ५५ करोड ५० लाख ६१ हजार ५ सय २ रुपैयाँ बराबरको सेयर खरीदबिक्री भएको छ। मंगलबार १ सय ६९ कम्पनीको ४५ करोड ८६ लाख ९५ हजार ९ सय १७ रुपैयाँ बराबरको सेयरको कारोबार भएको थियो।
_x000D__x000D_
बिहीबार सानिमा माई हाइड्रोपावरको सर्वाधिक सेयर कारोबार भएको छ। कम्पनीका ७ करोड ४६ लाख ५८ हजार ६ सय ९८ रुपैयाँ बराबरको सेयर खरीदबिक्री भएका छन्। त्यस्तै एनआइसी एसिया बैंकको ४ करोड ४० लाख ६७ हजार ४ सय ६७ रुपैयाँ बराबरको सेयर खरीदबिक्री भएका छन्।
_x000D__x000D_
यस दिन होटल समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। समूहको सेयर मूल्य २० दशमलव ५७ अंकले बढेको छ। त्यस्तै डेभलपमेन्ट बैंक समूह ४ दशमलव ६९ अंकले बढेको छ भने अन्य समूह १ दशमलव ८३ अंकले बढेको छ।
_x000D__x000D_
सर्वाधिक गुमाउनेमा निर्जीवन बिमा समूहका लगानीकर्ता परेका छन्। बिमा समूहको सूचक १ सय ७ दशमलव ४८ अंकले घटेको छ। त्यस्तै लाइफ इन्स्योरेन्स समूह ७९ दशमलव ८१ अंकले बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।