काठमाडौं– अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ स्थान माथि उक्लिएको छ।
_x000D__x000D_
फिफाले बिहीबार जारी गरेको वरीयता सूचीमा नेपाल १६०औं स्थानमा पुगेको हो। अघिल्लो महिना नेपाल १ सय ६१ स्थानमा थियो। गत महिना नेपालले साफ सुजुकी कपमा प्रतिस्पर्धा गरेको थियो। नेपालले बंगलादेश र भुटानलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो। नेपाल समूह चरणमा पाकिस्तान र सेमिफाइनलमा माल्दिभ्ससँग पराजित भएको थियो।
_x000D__x000D_
वरीयतामा नेपाललाई सार्क क्षेत्रका माल्दिभ्स र भारतले पछि पारेका छन्। सार्क क्षेत्रको शीर्ष स्थानमा रहेको भारत वरीयतामा ९९औं स्थानमा छ।
_x000D__x000D_
सार्कको दोस्रो स्थानमा रहेको माल्दिभ्स १५१औं स्थानमा छ। माल्दिभ्स १ स्थान तल झरेको हो। माल्दिभ्सले भारतलाई पराजित गर्दै साफ सुजुकी कपको उपाधि जितेको थियो।
_x000D__x000D_
नेपालभन्दा तल रहेको भुटान १८८औं स्थानमा छ। भुटान ५ स्थान तल झरेको हो। बंगलादेश १९३औं, श्रीलंका १९९औं र पाकिस्तान १९९औं स्थानमा छन्।
_x000D__x000D_
विश्व वरीयताको शीर्ष स्थानमा बेल्जियम छ भने फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छन्। चौथो स्थानमा क्रोएसिया, पाँचौंमा उरुग्वे र छैटौं स्थानमा इंग्ल्यान्ड छन्। यस्तै, पोर्चुगल सातौं स्थानमा, स्विट्जरल्यान्ड आठौं, स्पेन नवौं र डेनमार्क दसौं स्थानमा छन्। अर्जेन्टिना ११औ, चिली र जर्मनी १२औं स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।