धनगढी– राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले समयमै संविधान संशोधन गर्न आग्रह गरेका छन्। थरुहट तथा मधेश आन्दोलन स्थिर भएको हो, समाप्त भएको छैन’ बिहीबार धनगढीमा पत्रकासँग कुराकानी गर्दै नेता महतोले भने, ‘हामी अहिले धैर्य गरेर बसेका छौँ।’
_x000D__x000D_
उनले धैर्यताको बाँध टुटेपछि नियन्त्रण गर्न गाह्रो हुने चेतावनी दिए।‘हामी सरकारलाई समयमै सचेत भएर संविधान संशोधनमा ध्यान दिन अनुरोध गर्दछौ,’ नेता महतोले भने।
_x000D__x000D_
उनले राजपाले वर्तमान सरकारले मधेश तथा थारूहरूको माग सम्बोधन गर्छ भन्ने आशाले अहिले समर्थन गरिरहेको बताए। ‘सरकारले इमान्दारिता देखायो भने संविधान संशोधन गर्न कुनै समस्या छैन,’ उनले भने, ‘अहिले संसदमा पनि हामी नरम भएका छौँ। जब सरकारले सुन्दैन संसद पनि गरम हुन्छ र त्यस्तै अवस्था आए सडक पनि गरम हुनेछ।’
_x000D__x000D_
उनले तीन वर्षदेखि पटक–पटक संविधान संशोधन गर्ने आश्वासन पाए पनि पुरा नभएको बताए। महतोले भने, ‘ मधेशी, थारु, दलित, आदिबासी, मुस्लिमका अधिकार समेट्ने गरी संविधान संशोधन गर्ने, टीकापुर हत्याकाण्डको आरोपमा पक्राउ परेका अभियूक्तलाई रिहाइ गर्ने लगायतका विषयमा तीन वर्षदेखि आश्वासन पाइरहेका छौं। तर कुनै पनि आश्वासन पूरा भएका छैनन्।’
_x000D__x000D_
उने देशभर अहिले भ्रष्टाचार, हत्या, हिंसा, बलात्कार लगायतका घटना भइरहे पनि सरकार चुप लागेर बसेको आरोप लगाए। उनले भने, ‘सरकार अलमलमा फसेको छ, न प्रदेश सरकार राम्ररी सञ्चालन भएका छन्, न सरकारले आम जनतालाई सरकारको अनुभुति नै गराउन सकेको छ।’
_x000D__x000D_
कार्यक्रममा राजपाका केन्द्रय सदस्य अनिलकुमार झाले संविधानले सबै वर्ग, जातको अधिकारलाई समेट्न नसकेको बताए।
_x000D__x000D_
‘यो संविधानले मधेशी, थारू, आदिबासी, जनजाति, दलितका अधिकार समेट्न सकेको छैन’ उनले भने, ‘संविधानमा नागरिकता, भूगोल, भाषा सम्बन्धि प्रावधानमा धेरै त्रुटी रहेको छ।’
_x000D_केन्द्रीय सदस्य झाले संविधानलाई सबैले स्वीकार गर्ने गरी संशोधन गर्नुपर्ने बताए।
_x000D__x000D_
‘संविधान भनेको राज्य र जनताबीचको सम्झौताको दस्तावेज हो’ उनले भने, ‘संविधान सबैको हित र कल्याण हुने खालको हुनुपर्छ।’ उनले संविधानका पाना पल्टाउदा उत्पीडनमा परेका वर्गका अधिकारहरू सुनिश्चित नभएको आरोप लगाए।
_x000D__x000D_
उनले तर्कले नभई भावनाले स्वीकार गर्ने गरी संविधान जारी गर्न सरकारसँग आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।